+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

प्रदेश २ सरकार तीन वर्षपछि पोषण नीति ल्याउँदै

4 वर्ष पहिले प्रकाशित

कमल साह, जनकपुरधाम
जनकपुरधाम, माघ १६ गते । प्रदेश नं.२ सरकारकार बनेको तीन वर्षपछि पोषण सम्बन्धी नीति निर्माण गर्न लागेको छ । तर, धनुषा जिल्लाका दुई पालिका बाहेक अरु कुनै पालिकामा यसबारे कुनै जानकारी रहेको छैन ।
बहुक्षेत्रीय पोषण योजना–२ मा बहु सहभागिता मुलक योजना तर्जुमा कार्यन्वयन अन्तरक्रियामा नेपाल पत्रकार महासंघ धनुषाका कोषाध्यक्ष अवधेश कामत ले पोषणबारे हरेक महिनामा कार्यक्रम हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
उहाँले प्रदेश सरकारले पोषण सम्बन्धि हालसम्म कुनै नीति निर्माण गर्न सकेको छैन बताउँदै त्यसको लागि यसपाली रकम छुट्टउन पुगेकोमा अवश्य पोषणमा कामगर्नेहरुको सुझब हुनसक्छ भन्नुभयो ।
प्रदेश सरकार निर्माण भएको तेश्रोवर्ष पछि यस कार्यकोलागि झण्डै ३ करोड रकम बिनियोजन भएको उहाँले थप्नुभयो ।
धनुषा जिल्लामा पोषण सम्बन्धि कार्यक्रम संचालनगर्दै आएको सिसान र सेफरोनका कर्मचारी तथा स्वयंसेवकबाट जानकारी प्राप्त अनुसार
धनुषा जिल्लाका दुई पालिका बाहेक पोषण सम्बन्धि कार्यक्रम संचालन कहिं भएको छैन ।
संचारकर्मी बीच आयोजित अन्तरक्रियामा हेमन्त झा ले पोषण सम्बन्धि कार्यक्रममा पैसा खर्च भइरहेको छैन बताउँदै थप्नुभयो, ‘जहाँ पोषणमा खर्च गरिन्छ, त्यो पनि सदुपयोग भईरहेको हुँदैन।’
सो अन्तरक्रियामा उमेश साह ले पोषणको क्षेत्रमा संचारको भूमिका राख्दै भन्नुभयो,‘ हाम्रो समाजको व्यवहार परिवर्तन आवश्यक रहेछ । ’
उहाँले खान हात मुख जोडने घरमा पनि २०–२० हजारको मोबाईल हेर्नमा आईरहेको भनि दुखः व्यक्त गर्नुभयो ।
कार्यक्रमको आरम्भमा स्वागत मतव्य राख्दै सुधा कर्ण ले बताउनु भयो,‘सेफरोन नेटवर्कद्वारा धनुषाको औरही गाउँपालिका र जनकनन्दनी गाउँपालिकामा पोषण कार्यक्रम संचालन गर्दै आएको छ ।’
संघीयताको संरचनामा मुलुक गईसकेपछि प्रदेश २ लगायतका सरकार नयाँ भएको हुनाले हालसम्म थुप्रै ऐन नियम बनाउन सकेको छैन भने कतिपय ऐन पारित हुन प्रदेशसभाको प्रतिक्षामा रहेको छ ।
नेपाल सरकारले एउटा सिलिंग कायम गरेको थियो कि प्रत्येक गाविस र नगरपालिकाले आफ्नो बजेटको ५ प्रतिशत रकम बहुक्षेत्रीय पोषण योजना तर्फ खर्चनु हुन्थ्योे । मुलुक संघियतामा गईसकेपछि त्यसलाई निरंतर्ता दिन नसकेको ले गाउँ घरमा कुपोषित बच्चा जन्मदै छ । तर, अब सायद हुनेछैन । किनकी नेपाल सरकारले अब ५ वर्षसम्मका बच्चालाई पोषणको लागि प्रति महिना ४ सय भत्ता दिन गईरहेको छ । यो भन्दा अघि दलित बच्चाले मात्र सो भत्ता पाउने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

2 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

2 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

2 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

2 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

2 महीना पहिले