अमर शहीद दुर्गानन्द झा को ५८ औं बलिदान दिवसमा भावपूर्ण श्रद्धांजलि अपर्ण गर्दै स्मारक बन्न नसकेको प्रति दुखः
4 वर्ष पहिले प्रकाशित

कमल साह, जनकपुरधाम
जनकपुरधाम, माघ १६ गते । अमर शहीद दुर्गानन्द झा को ५८ औं बलिदान दिवसमा फेरी स्मारक निर्माणको चर्चा भएको छ ।
शहीद दुर्गानन्द स्मारक निर्माण समिति जनकपुरधामद्वारा माघ १५ गते मनाइएको वलिदान दिवसमा रोजेको ठाउँमा स्मारक लगाउन आईरहेको वाधा अडचनलाई सामुहिक रुपमा समाधान गर्ने बक्ताहरुले बिचार व्यक्तगरेका छन ।
सरस्वती राज सभाकक्षमा आयोजित समारोहका प्रमुख अतिथी प्रदेश नं.२ का प्रदेश सांसद एव जनता समाजवादी पार्टीका सचेतक प्रमेश्वर साह ले अमर शहीद दुर्गानन्द झा को स्मारक जनकपुरधाममा निर्माण हुननसक्नु प्रति दुःख व्यक्त गर्नुभयो ।
उहाँले शहीद दुर्गानन्द को वलिदानीलाई जति तारिफ गरेपनि कम हुने बताउँदै थप्नुभयो,‘अमर शहीदको स्मारक निर्माणले उनिमाथि एउटा सम्मान प्रकट गर्ने कार्य हुन्छ ’।
सांसद साह ले अमर शहीद दुर्गानन्द झा को सपना मुलुकमा आएको गणतन्त्रले सकार भएको बताउँदै अगाडी थप्नुभयो, ‘ शहीदको वलिदानी मनाउन सरकारलाई नै जिम्मेवार हुनुपर्छ ।’
तत्कालिन तमलोपा ले अमर शहीद दुर्गानन्द झा का अर्धांगनी काशी देवीलाई प्रतिनिधी सभाको सदस्य पदमा चयन गरेर सम्मान गरेको स्मरण गराउँदै सांसद साह ले स्मारक व्यवस्थित रुपमा नै निर्माण हुनपर्छ भन्नुभयो ।
उहाँले प्रदेश सरकारले बनाएको कैलेण्डरमा शहीद दुर्गानन्द झा को नाम समावेश गरेर वलिदान दिवस मनाउन तर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।
सो समारोहका विशिष्ट अतिथि जिउँदो शहीद एवं पूर्व सांसाद महेन्द्र यादव मधुकर ले वीर शहीदको वलिदानबाट नै गणतन्त्र स्थापना भएको हो बताउँदै सोही वीर सपुतको स्मारक निर्माण हुन नसकेको भनि दुःख व्यक्त गर्नुभयो ।
उहाँले शहीद कुनै जात धर्मको नभएको ले स्मारक लगाउनको लागि उपयुक्त हुने ठाउँमा शहीद झा स्मारक अविलम्ब लगाउन तर्फ बढन सबैलाई आग्रह गर्नुभयो ।
दुर्गानन्द स्मारक निर्माण समितिका अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी तथा वरिष्ट पत्रकार राजेश्वर नेपालीे ले जानकी मन्दिरका महंथ राम तपेश्वर दास वैष्णवले अमर शहीद दुर्गानन्द झा को स्मारक निर्माणका लागि जानकी मन्दिरको पार्कमा जग्गा उपलब्ध गराएको ठाउँमा स्मारक निर्माण भईरहदा पछि मन्दिरबाट नै अबरोध भएको कारण आजसम्म स्मारक लाग्न नसकेको भनि दुःख व्यक्त गर्नुभयो ।
उहाँले अब जनकपुरधाम उप–महानगरपालिका– २३ लादो स्थित सिक्स लाईन र फोर लाईन सडक मिलेको ठाउँमा स्मारक लगाउने सोंचरहेको बताउँदै यस कार्यमा सबैको सहयोग आवश्यक रहेको थप्नुभयो ।
प्रेस स्वतन्त्रतता सेनानी वरिष्ट पत्रकार नेपाली को प्रयासबाट २०७४ सालमा शहीद दुर्गानन्द झा को स्मरणमा नेपाल सरकारबाट टिकट प्रकाशन भएको थियो । रु १० को हुलाक टिकट जारी हुनलाग्दालाई रोक्ने प्रयास यहिका नेताहरुले समेत गर्नुभएको थियो ।
स्मारक निर्माण समितिद्वारा स्थानीय जानकी चौकमा स्मारक निर्माण भईरहेको वेला भएको अवरोध कारण आजसम्म स्मारक निमार्ण समितिमा रहेको अन्यौलता अहिल्येसम्म हटन सकेको छैन ।
स्मारक निर्माण समितिका अध्यक्ष बरिष्ठ पत्रकार राजेश्वर नेपालीले भन्नुहुन्छ –पौने तीन करोड नेपालीका माझ प्रथम गणतन्त्रवादी शहीद रहनु भएकोले नेपाल गणतन्त्र घोषणाको लगतै २०६५ अषाढ ९ गते जनकपुुर बौद्धिक समाजको एक भेलाले अमर शहीद दुर्गानन्द झा स्मारक निर्माण समिति गठन गरिएको थियो । २०६६ श्रावण ९ मा निर्माण समितिको मांग अनुसार स्मारक निर्माण गर्न जानकी मन्दिर गुठी कार्यालयद्वारा मन्दिर अगाडिको पार्क (फूलवारी) मा लिखित रुपमा जग्गा जानकी मन्दिरका महन्थबाट उपलब्ध गराएको थियो । त्यसको दोश्रो सप्ताह श्रावण २१ गते दुर्गानन्द झाकी धर्मपत्नी तत्कालिन संविधानसभा सदस्य काशीदेवी झा द्वारा स्मारकको शिलान्यास गराइएको थियो ।
दुर्गानन्द झाको पूर्ण कदको प्रतिमा निर्माण भैसकेको छ । स्मारकको जग परेपछि निर्माण कार्य २०६७ चैत्र ८ मा जनकपुुर पुनरावेदन अदालतद्वारा निर्माणमा रोक लगाइएको थियो । हाल मुद्दा फैसला भए पनि हामीले चाहंदा चाहंदै पनि निर्माण कार्य गर्न नपाएको उहाँ बताउनु हुन्छ । निर्माण कार्य माथि लागेको रोक खारेज भई सकेको भएपनि उनको स्मारक निर्माण गर्न सकिएको छैन ।
समितिका अध्यक्ष नेपाली बताउनुहुन्छ – स्मारक निर्माणको लागि नेपालीले रु.११११।– दिएर अरुलाई हाथ जोड्दा पनि २,८५,०२१।– चन्दा वसुली भएको र जिविसले रु.२ लाख ५० हजार र श्रीमति काशीदेवी झा को विकास अनुदानबाट रु.१ लाख ५० हजार गरी कूल रु.६,८५०२१।– सहयोगी विकास बंैकमा जम्मा भएको र त्यसमध्ये प्रतिमामा रु. २ लाख ५० हजार दिनुका साथै शिलान्यासमा रु.४,४००।– र जग निर्माणमा रु.७७,९६०।– गरी कूल रु.३,३२,३६०।– खर्च भै रु.३,५२,६६१।– बंैक खातामा रहेको छ ।
नेकपा का नेता तथा वुद्धिजिवी रामहुदय प्रसादले काठमाण्डौको शहीद गेटमा फांसी पत्रमा हस्ताक्षर गर्ने राजा त्रिभुवनको तस्वीर सरकारले निर्णय गरेर पनि हटाउनमा अदालत अवरोध बने जस्तो रहेन अदालत बनाउनको लागि भनेपनि हामी स्मारक लगाउन नसकेको भनि दुःख व्यक्त गर्नुभयो ।
त्यस्तै एम्नेस्टि इन्टरनेशलन नेपाल (युवा) समुह ५७ का संयोजक एवं पत्रकार कमल साहले अमर शहीद दुर्गानन्द झा को बारेमा जति वर्णन गरेपनि कमै हुने बताउँदै वलिदान र त्यागका भावनाबाट ओतप्रोत रहेको हुनाले नै उनि भारतबाट आएर आईरेस्टींग दिएको बताउनु भयो ।
उहाँले आज शहीद झाको नाउमा गृणाको राजनीति हुनलागेको दुखःको कुराहो बताउँदै यो देशको लागि र सबभन्दा बढी मधेशको लागि दुर्भाग्यको कुरा हो थप्नुभयो।
त्यस्तै शिक्षक चन्द्रेश्वर राय चमन र विजय यादव ले शहीद दुर्गानन्द को व्यक्तित्वमाथि कविता बाचन गर्नुभयो ।
धनुषाको जटही गाउँका देवनारायण झा र सुकमारी देवी झा को एका मात्र सन्तानको रुपमा रहनु भएको शहीद दुर्गानन्द झा को जन्म १९९९ साल वैशाख १४ गते भएको थियो । पं. भोलानाथ झा का तीन भाई छोराहरुमध्ये एक मात्र उतराधिकारी दुर्गानन्द झा को बाल्यकालमै पिताको मृत्यु भएको थियो । गाउँबाट ३ कि.मी. दुरीमा रहेको भारतीय क्षेत्रका उमगांउ स्थित दिनदयाल हाई स्कूलमा झा अध्ययन गरिरहेको बेला काशी देवी संग विवाह सम्पन्न भयो । उनी १७ को हुँदा कुम्हरौडाकी १४ वर्षिया काशी देवीसंग विवाह सम्पन्न भएको थियो । उनी २०१८ साल माघ ९ गते का दिन राजा महेन्द्र माथि जनकपुरधामको ऐतिहासिक स्थल जानकी मन्दिरको प्रांगणमा बम प्रहार गरेको हुनाले नै उनको स्मारक मन्दिर परिसरमा बनाउने निर्णय भएको थियो ।
।
तत्कालीन पञ्चायती सरकारले दुर्गानन्द झालाई मृत्युदण्ड दिएको दिन । मुलुकमा लोकतान्त्रिक गणतन्त्र ल्याउने सपना देखेका दुर्गानन्द २१ वर्षको युवा रहेका बेला उनलाई मृत्युदण्ड दिइएको थियो ।
सो वलिदान दिवसको अवसरमा प्रकार श्रीनारायाण साह, नेपाली कांग्रेसका नेता केवल शर्मा,पंचलाल दास, जसपाका केन्द्रिय सदस्य रामगोविन्द यादव लगायतका वक्ताहरुले उहाँको जिवनीमाथि प्रकाश पार्नुभयो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले