+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

राजर्षि जनक कपः नवजनजागृति सिमरालाई हराउँदै

2 वर्ष पहिले प्रकाशित

 सन्जु कर्ण, सर्लाही,
सर्लाही, फाल्गुन २ गते । राजर्षि जनक कपः नवजनजागृति सिमरालाई हराउँदै संकटा सेमिफइनलमा प्रवसंकटा क्लव जारी सातौँ राजर्षि जनक कप फुटवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलवार सम्पन्न खेलमा मोफसलको टिम नवजनजागृती यूवा क्लव सिमरालाई ३–० गोल अन्तरले पराजित गर्दे संकटा अन्तिम चारमा प्रवेश गरेको हो । संकटाको जितमा खेलको ३५ औँ मिनेटमा जर्सि नम्बर १९ का आयूष घलानले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ४३ औं मिनेटमा संकटाकै जर्सि नम्बर ११ का गणेश हमालको गोलमा संकटाले खेलको पहिलो हाफ २–० को अवस्थामा पुर्याएको थियो । सुनिल वलको पासमा हमालले सहज गोल गरेका थिए ।
सुरुदेखीनै लयमा खेलेको संकटाका लागि खेलको ६० औँ मिनेटमा मनिष डाँगी डिबक्स भित्र सिमराको खेलाडीलाइ छक्याउँदै तेस्रो गोल गरे । उन्को गोल सगँै संकटा ३–० को अवस्थामा पुगेको थियो । खेल अवधी भर अधिक समय बल संकटाको नियन्त्रण रहेको थियो । लगातार आफुलाई खेलमा फर्काउन खोजेको नव जनजागृती फुटलव क्लव सिमरा असफल रह्यो ।

खेलमा कुशल प्रदर्शन गरेका डाँगी खेलको म्यान अफ दि म्याच घोषित हुदै ट्रफि र १० हजार नगद पुरस्कार समेत प्राप्त गर्न सफल भंए .
जित सगैँ संकटाले सेमिफाइनल खेलमा जावलाखेल सगँको भेट पक्का गरेको छ । जावलाखेल प्रि क्वाटरफाइनलमा सशस्त्र प्रहरी र क्वाटरफाइनलमा साविम विजेता पिप्ले यूवा क्लवलाई पराजित गर्दै सेमिफाईलनमा प्रवेश गरेको हो । यस्तै प्रतियोगिताको अन्तिम सेमिफाईनल खेलमा बुधवार (भोली)मच्छिन्द्र फुटवल क्लव र आयोजक बागमती युवा क्लव सर्लाही विच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

1 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

1 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

1 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

1 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

1 महीना पहिले