भगवान राम र सीता बीच भएको विवाह सु–सम्पन्न
2 वर्ष पहिले प्रकाशित

रामसागर पण्डित
जनकपुरधाम, पुस ५ गते । त्रेता युगमा भगवान राम र सीता बीच भएको वैदिक विवाहको यादास्त गर्दै आज शनिवार यहाँ हजारौ हजार श्रद्धालु भक्तजनको बीचामा विवाहोत्सव मनाईएको छ भने आईतवार रामकलेवा (विदाई) संगै सम्पन्न हुन छ ।
विवाह पँचमी तिथी अर्थात शनिवार राम मंदिरका महंथ राम गिरिको नेतृत्वमा निस्केको जैन्ती जनक चौक,शिव चौक,कदम चौक,सिडीयो कार्यालय हुँदै भैरव चौक,महावीर चौक, राम जानकी पेठीया हुँदै दशरथ मंदिरमा पुगेको थियो । त्यहाँ दशरथ महराजलाई पूजा आरती गरेपछि रंगभूमि मैदानमा पुगेको छ । त्यस्तै जानकी मन्दिरबाट मिथिला नरेश जनकको भूमिका जानकी मन्दिरका महंथ रामतपेश्वर दास वैष्णवको नेतृत्वमा दुलही जानकीको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी सोही रंगभूमि मैदानमा पु¥याइयो ।
दुल्हा भगवान रामको स्वर्णिम डोलालाई दुल्ही जानकीको विशेष सुसज्जित डोलाले पांच पटक परिक्रमा गरेपछि स्वयम्वर कार्यक्रम सम्पन्न हुने धार्मिक परम्परा रहि आएको छ । जानकी मंदिरबाट आएको जानकी जी डोलीले राम जी को डोलालाई पाँच पल्ट चारैैतिर घुमेपछि माला हेरफेर गरि स्वयंवरको रसम पुरा भएको छ । त्यसपछि जानकी मंदिर जैन्ती पुगेको हो । आज राती राम मंदिर र जानकी मंदिर लगायत यहाँका विभिन्न राम जानकी मंदिरमा सनातन धर्म अनुसार वैवाहिक कार्यक्रम हुनेछन ।
स्वयम्बर समारोह सकेर दुल्हा दुल्हीको डोला एवं झांकी सहितको हजारौंको संख्यामा रहेको जन्तीले नगर परिक्रमा गरी वैदिक विवाहस्थल जानकी मन्दिर पुगेर पछि विवाह संस्कार कार्यक्रम आयोजना भएको छ । यो प्रक्रिया यहाँका तमाम मठ मंदिरमा आयोजना हुँदैछन ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले