मधेस प्रदेसकै ठुलो प्रतियोगीता राजर्षि जनक कप फुटवल प्रतियोगिताको अन्तिम तैयारीमा
2 वर्ष पहिले प्रकाशित

सन्जु कर्ण, सर्लाही,
सर्लाही, माघ २२ गते । सातौं राजर्षि जनक कप फुटवल प्रतियोगिता माघ २५ गतेबाट सुरु हुने भएको छ ।
सर्लाहीको बागमतीमा हुने फुटवल प्रतियोगिताको अन्तिम तयारी पुरा भएको छ । बागमती युवा क्लवको आयोजनामा माघ २५ गतेबाट सातौं पटक बागमतीमा राष्टिूयस्तरको फुटवल प्रतियोगिता आयोजना हुन लागेको हो । आयोजक क्लवका अध्यक्ष किस्मत मैनालीका अनुसार प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक भइसकेको छ ।
उदघाटन खेलमा विभागिय टिम एपीएफले जावलाखेल युथ क्लवसंग प्रतिस्पर्धा गर्नेछ । पहिलो पुरस्कार १० लाख नगद तथा कप र दोश्रो पुरस्कार ५ लाख नगद तथा कप रहेको प्रतियोगितामा १२ वटा टिमले प्रतिष्पर्धा गर्ने मैनालीले बताए ।
बागमती नगरपालिका(११ स्थित स्व. सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा हुने प्रतियोगितामा डिफेण्डिङ्ग च्याम्पियन पिप्ले युथ क्लव हेटौंडा, सुदुर पश्चिम(११, संकटा क्लव, नेपाल पुलिस क्लव, नेपाल एपीएफ क्लव लगायतका चर्चित क्लवहरु सहभागि छन् ।
प्रतियोगितामा भारत दार्जलिङको युनाइटेड किङडम क्लवले समेत सहभागिता जनाएको आयोजकले जनाएको छ । फागुन ७ गते हुने फाईनल प्रतिस्पर्धामा प्रथमहुने टिमले १० लाख नगद सहित सुन र चाँदी प्रयोग गरेर ४ लाख रुपैंया लागतमा निर्माण गरिएको २० किलोको कलात्मक शिल्ड चुम्न पाउने छ । ९८ लाख रुपैंया लागत अनुमान गरिएको प्रतियोगिता अन्तर्गत हरेक विधामा उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैंया तथा हरेक दिनको म्यान अफ दि म्याच घोषित खेलाडीलाई १० हजार रुपैंया प्रदानगरिने आयोजक क्लबका अध्यक्ष मैनालीले जानकारी दिए ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने सर्लाहीका एक खेलाडीलाई बागमती राईजीङ अफदि ईयर प्लेयर्स घोषणा सहित एक थान मोटरसाईकल समेत प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता हेर्नका लागि दर्शकबाट प्रति खेल एक सय रुपैंया तथा सेमिफाईनल एवं फाईनल खेलमा भने २०० रुपैंयाको टिकट दर तोकिएको आयोजकले जनाएको छ ।
फूटबल प्रतियोगिता सम्पन्न गर्नका लागि बागमती नगरपालिका सहित विभिन्न गैरसरकारी संघ संस्था, उद्योगी, व्यापारीहरुसंग सहयोग संकलन गरिएको महासचिव सागर मैनालीले बताए । आयोजकका अनुसार विभिन्न व्यापारिक हाउसहरुले प्रायोजनमा चासो नदेखाउँदा आर्थिकरुपले समस्या भइरहेको जनाएको छ । बागमती नगरपालीकाका मेयर भरत थापाले मधेस सरकारले केही सहयोग नगेको बताउनुभयो ।
मधेस प्रदेसकै सानको रुपमा रहेको यस प्रतियोगीता सातौं चरण सम्म आईपुग्दा पनी प्रदेस सरकारले केही सहयोग नगरी यस प्रतीयोगीताालई उपेक्षा गरेको मेयर थापाले बताउनु भयो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
1 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
1 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
1 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
1 महीना पहिले