सुमेरु अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर
2 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम, माघ २२ गते । काठमाण्डौमा संचालित सुमेरु अस्पतालले यहाँका सुभतारा ईंगलिस बोर्डिंग स्कूलमा दुई दिवसीय स्वास्थ्य शिविर संचालन गरिदै छ ।
जनकपुरधाम उपमहानगरपालिका ७ जानकी नगरमा संचालन भईरहेको सुभतारा ई.बो.स्कूलका संचालक एवं प्रिन्सिपल विनोद दास को सक्रियता ले सो स्वास्थ्य शिविर संचालन भईरहेको छ ।
सुमेरु अस्पतालमा कार्यतर चिकित्सक डा. संजिव दास को नेतृत्वमा संचालित उक्त स्वास्थ्य शिविरमा रोगीको प्रेसर,सुगर लगायतको जाँच संगै निःशुल्क औषधी पनि वितरण गरिदैछ ।
आज आईतवार सम्म चल्ने स्वास्थ्य शिविरमा वालविषेज्ञ र मेडिशिन विशेषज्ञलगायतका चिकित्सहरु सहभागि रहेका छन ।
त्यस शिविरमा डा.एरिक(अमेरीका),डा चेतन धाकर,डा.आशिष चौधरी,डा.प्रविन र डा. शियाक सहभागि रहेका छन ।
अस्पतालका डा. संजिव दास ले यस क्षेत्रमा कुल ४ दिनको शिविर लिएर आएको बताउँदै हामी एकदिन महोत्तरीको सकरी गाउमा शुक्रबार शिविर संचालन गरिसकेको बताउनु भयो । उहाँले हामी दुई दिन यस शुभतारा स्कूलमा शिविर संचालन गर्दा विद्यार्थी र विभिन्न रोगबाट पिडीत रोगीहरुले स्वास्थ्य जाँच गराएर लाभ लिनुभएको जनाउनु भयो ।
अन्तमा उहाँले हाम्रो कार्यक्रम अनुसार शिविर संचालन गर्नको लागि एक दिन अझै बाँकी रहेको ले त्यो थप्न सकिने बताउनु भयो ।
सो शिविरमा वडा नं. ७ का वडा अध्यक्ष निरज साह ले औषधी सहयोग गर्नु भएको शुभताराका ई.बों स्कूलका संचालक तथा प्रिन्सपल विनोद दास ले बताउनु भयो । सुमेरु अस्पताल,स्वास्थ्य शिविरमा सहभागि चिकित्सक र वडा अध्यक्ष निरज साह लाई उहाँले धन्यवाद दिंदै यस प्रकारका सहयोगहरु अगामी दिनमा पनि गरिदिनको लागि आग्रह गर्नुभयो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
1 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
1 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
1 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
1 महीना पहिले