+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

६ सयभन्दा बढि विधुवा महिलाहरुलाई सम्मान

4 वर्ष पहिले प्रकाशित

धनवीर कुशवाहा, गौशाला
गौशाला, माघ १५ गते । महोत्तरी, सोनमा गाँउपालिकाले ६ सयभन्दा बढि विधुवा महिलाहरुलाई सम्मान गरेको छ । वुधबार गाँउपालिकाको नवनिर्मित सभाहल भवनको उदघाटन कार्यक्रमकाबीच गाँउपालिकाका ६ सय ७२ जना विधुवा महिलालाई सम्मान गरेको हो ।
गाँउपालिकाको तर्फबाट उनीहरुलाई साडी, सल दिएर सम्मान गरिएको गाँउपालिकाको प्रवक्ता अशोक कुमार यादवले बताउनुभयो । आर्थिक बर्ष २०७७। ०७८ को योजना बजेटअन्र्तगत सम्मान गरिएको प्रवक्ता यादवले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाँउपालिकाका अध्यक्ष राजकुमार यादवले वाँकी रहेको ज्येष्ठ नागरिक सम्मान र सेवा निवृत कर्मचारी एवम पूर्वजनप्रतिनिधीलाई गाँउपालिकाको कार्यालयले चाँडै नै सम्मान गर्ने बताउनुभयो । सोही क्रममा गाँउपालिका अध्यक्ष यादवले अव विकास निर्माणको क्रममा गाँउपालिका फडको मार्ने जनाउनुभयो । यसै आर्थिक बर्षभित्र प्रशासकीय भवन, अस्पताल र रिंगरोड निर्माण कार्य अगाडि बढने अध्यक्ष यादवले प्रतिवद्धता जनाउनुभयो ।
वैंकको कारण समाजिक सुरक्षाभता वितरणमा समस्या भईरहेकोले चाँडै नै समाधानको उपाय निकाल्ने गाँउपालिकाको कार्यालयले जनाएको छ ।
गाँउपालिकाका अध्यक्ष राजकुमार यादवले व्यक्तिगत रुपमा उपलब्ध गराएको जग्गामा गाँउपालिकाको कार्यालयले यसै आर्थिक बर्षको बजेटमार्फत गाँउपालिकाको सभाहल निर्माण गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

2 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

2 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

2 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

2 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

2 महीना पहिले