विपद् व्यवस्थापनमा वडा नं. २३ अगाडी
2 वर्ष पहिले प्रकाशित
.jpg)
कमल साह
जनकपुरधाम, माघ ५ गते । पश्चिमा हावाले ल्याएको कठ्यांग्रो जाडोबाट वडावासीलाई जोगाउन जनकपुरधाम उपमहानगरपालिका– २३ का वडाध्यक्ष राघवेन्द्र प्रसाद साह उपमहानगरपालिका भन्दा एक कदम अगाडी भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका– २३ का वडाध्यक्ष राघवेन्द्र प्रसाद साह ले गत शनिवार अर्थात पुस २३ गते वडाभरीका विपन वर्गमा ३० क्वीन्टल दाउरा वितरण गरेर आगोको व्यवस्था गर्नुभयो ।
जनकपुरधाम उपमहानगरपालिकाले नगरको ठाउँठाउँमा आगोको व्यवस्था गर्न सोंचबुन्दै थियो । तर, वडाध्यक्ष साह ले आफ्नो वडामा पर्ने बेला,लादो र बिन्धी गाउंभरी दाउरा वितरण गर्नसफल भयो ।
वडाध्यक्ष राधवेन्द्र प्रसाद साह भन्नुहुन्छ,‘ गत जेष्ठ महिनाताका अगामी आर्थिक वर्षको बजेट बनाउन वडा भेला गरिएकोमा हामी विपद व्यवस्थापनमा समेत रकम छुट्टयाउन पुगेको ले आज उपमहानगरपालिकाको मुख ताक्नु परेको छैन ।
उहाँले वडा नं.– २३ को लागि कुल ९३ लाखको बजेट बनाएको बताउँदै सो परिषदबाट समेत पास भईसकेको थप्नुभयो ।
जनकपुरधामा उपमहानगरपालिका वडा नं. २३ मा सुचना गरेर वडा भेला गत जेष्ठ महिनामा भएको थियो । त्यस भेलाबाट रु ३ लाख विपद् व्यवस्थापनमा रकम छुट्टयाएको थियो । यसैगरी अन्य पालिकाका वडाहरुलाई पनि विपद् व्यवस्थापन गर्नुपर्ने सिख जानुपर्ने आवश्यकता रहेको छ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले