“आतंकवाद विरुद्ध कैिण्डल रैली
2 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम, मंसिर ११ गते । “आतंकवाद विरुद्ध,शान्ति अभियान“नारा सहित हिजो यहाँका जनकचौकमा कोणसभा मोमबती रैली गरिएको छ । मोमवती रैली जनकचौकबाट जानकी मंन्दिरसम्म गरिएको थियो ।
आज भन्दा १३ बर्ष अघि मुम्बईको रियायसी एरिया,ताज होटल,मेरिन ड्राइभ सहितको ठाउँमा भएको पाकिस्तानी आतंकबादी विरुद्धमा मोमवती रैली तथा घटनामा मारिएका प्रति श्रद्धांजलि अर्पण उक्त कार्यक्रममा गरिएको छ ।
पाकिस्तानी आतंकबादीद्वारा गरिएको सो आतंकी हमलामा १६० जना सहित मारिएको थियो ।
लोकतान्त्रिक युवा नागरिक समाजद्वारा जनकचौकमा आयोजना गरिएको कार्यक्रममा बिस्वभरीको आतंकी घटनामा सहादत भएकाहरु प्रती श्रद्धाञ्जली लोसपाका नेता राजीब झा ले व्यक्त गर्दै यस प्रकारको घटना घटाउने जुनसुकै देशका समुदाय,संस्था वा ब्यक्ति होस् , उनलाई समाजिक बहिस्कार गर्नुपर्ने बिचार राख्नु भयो । उहाँले बिस्वभरीको देशहरुले आतंकी घोषना गर्नुपर्ने बताउनु भयो ।
सो कार्यक्रममा हिन्दी अभियानी रमण पांण्डे ले यस प्रकारका घटना मानबता बिरोधी हो भन्दै उहाँले निन्दा गर्नुभयो ।
सो कैण्डिल रैली कार्यक्रमका अध्यक्षता मनिष झा श्रीओम को ले गर्नुभयो । उक्त कार्यक्रममा दिपक यादब,जनकपुर युथ क्लबको पुर्ब अध्यक्ष गोबिन्द राय चन्दन,सुभास कुमार शर्मा जिरोमाइल युवा कमिटीका अध्यक्ष शिव शंकर मिश्रा,सुजीत प्रसाद शर्मा,मधेसी स्वास्थ्यकर्मि मंचको केन्द्रिय अध्यक्ष राम गोपाल साह, सफाइ अभियानी कुमारी,किशोर कुमार,युवा अभियानी नबल किशोर,क्लोथ बंैकका कार्यालय सचिब कृष्णा साह,रंजीत कुमार,पारस ठाकुर सहित ले मन्तव्य राखेका थिए ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले