ओबिसीको महाधिवेशन सम्पन्न
4 वर्ष पहिले प्रकाशित

कमल साह, जनकपुरधाम
जनकपुरधाम, माघ १३ गते । पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय महाधिवेशन आज सम्पन्न भएको छ ।
प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको जनकपुरधाम उघोग बाणिज्य संघमा शनिबारबाट आरम्भ भएको ओबिसीको राष्ट्रिय महाधिवेशन सोमबार पत्रकार सम्मेलन गरि सम्पनन भयो ।
महाधिवेशनले राष्ट्रिय अध्यक्षमा रामकुमार महतोसहित ४५ सदस्य केन्द्रिय पदाधिकारी चयन गरेको छ । चयन भएका पदाधिकारीमध्ये अध्यक्षसहित ४१ जना निर्विरोध निर्वाचित भएका थिए भने ४ जनालाई केन्द्रिय कार्यसमितिको पहिलो बैठकबाट मनोनित गरेको छ ।
महाधिवेशनले पहिचान, अधिकार, सम्मान र नागरिकतालगायतका एजेण्डा तय गरेको जानकारी दिँदै राष्ट्रिय अध्यक्ष रामकुमार महतोले पिछडावर्गले उठाउँदै आएको मांगहरुलाई महाधिवेशनबाट थप उर्जा पुगेको पत्रकार सम्मेलनमा बताएका छन् ।
महाधिवेशनले हिजोको कामलाई समीक्षा गर्दै पिछडावर्ग अन्तर्गत पर्ने ३५ वटा जातिको भाषा, संस्कृति, संरक्षण, सम्बर्धन, प्रबर्द्धन तथा आरक्षणसहित सबै किसिमको विकासको एजेन्डा तय गरेको छ ।
महाधिवेशनमा पूर्वमेचीदेखि मधेशको २१ जिल्लाका गरि २ सय ५५ जना महाधिवेशन प्रतिनिधिको सहभागिता थियो भने पर्येवक्षक आमाणत्रित गरि लगभग ५ सयको संख्या सहभागिता रहेको अध्यक्ष महतोले बताएका छन।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले