+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

४०० विपन्न घरधुरीलाई न्यानो कम्बल वितरण

4 वर्ष पहिले प्रकाशित

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, माघ १० गते । शितलहरबाट उच्च जोखिममा रहेका सर्लाहीको हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकाका ४०० विपन्न घरधुरीलाई आज माघ १० गते न्यानो कम्बल वितरण गरिएको छ ।
बागमती सेवा समाज नेपालद्वारा वल्र्डभिजन इन्टरनेशनलसँगको साझेदारीमा संचालित बाल स्पोन्सरशिप परियोजनाद्वारा आयोजित न्यानो कम्बल वितरण कार्यक्रमको शुरुवात गर्नुहुँदै पर्सा गाउँपालिका अध्यक्ष किसुनदेव रायले चिसोबाट जोखिममा परेका व्यक्तिहरुलाई न्यानो कम्बलले राहत मिलेको कुरा बताउनुभयो ।
“हिउँद याममा हरेक वर्ष शितलहरबाट धेरै व्यक्तिहरुको ज्यान जाने गरेको छ ।” अध्यक्ष रायले भन्नुभयो “जोखिममा परेका समुदायलाई चिसोबाट जोगाउन स्थानीय सरकारले विभिन्न सहयोगी संस्थासँग समन्वय गरी काम गरिरहेको छ र त्यसै अन्तर्गत आज न्यानो कम्बल वितरण गरिएको हो ।”
सोही अवसरमा बोल्नु हुँदै बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले अति गरीब, विपन्न, दलित, अपांगता, एकल महिला भएका परिवारका बालबालिकालाई लक्षित गरी न्यानो कम्बल वितरण गरिएको बताउनुभयो । जोखिममा परेका व्यक्ति र परिवारलाई संस्थाले विभिन्न प्रकारको राहत सहयोग गर्दै आइरहेको बताउनुहुँदै अध्यक्ष कार्कीले भन्नुभयो “शितलहरको जोखिम कम गर्नका लागि अति विपन्न परिवारलाई कम्बल वितरण गरिएको हो ।”
यसैगरी हरिपूर्वा नगरपालिका वडा नं. ३ मा आयोजित न्यानो कम्बल वितरण कार्यक्रममा बोल्नु हुँदै हरिपूर्वा नगरपालिका वडा नं. ३ का अध्यक्ष धर्मराज सिंहले विपन्न परिवारको घरमा न्यानो कम्बल आरामको निन्द्राको सहारा बन्ने कुरा बताउनुभयो । “धेरै विपन्न परिवारमा ओढ्ने, ओछ्याउने कपडा राम्रो नहुँदा दुःख खेप्नु परिरहेको छ र शितलहरको शिकार बन्नु परिरहेको छ ।” अध्यक्ष सिंहले भन्नुभयो “न्यानो कम्बल ती विपन्न परिवारको लागि ठूलो सहयोग बनेको छ ।”
संस्थाद्वारा सर्लाही जिल्लाको हरिपूर्वा नगरपालिका वडा नं. ३ र वडा नं. ८ तथा पर्सा गाउँपालिका वडा नं. ४ र वडा नं. ५ का अति गरीब, विपन्न, दलित, अपांगता भएका ४०० परिवारलाई प्रति परिवार एउटा न्यानो कम्बल वितरण गरिएको कुरा कार्यक्रम संयोजक कुमार भण्डारीले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

2 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

2 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

2 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

2 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

2 महीना पहिले