जनताले कामको आधारमा मत दिनेछन् ः परमेश्वर साह
3 वर्ष पहिले प्रकाशित
.jpg)
कमल साह
जनकपुरधाम, कर्तिक १० गते । धनुषा जिल्ला क्षेत्र ३(ख) बाट प्रदेशसभा सदस्यका उम्मेदवार परमेश्वर साहले जनताले कामको आधारमा मत दिने विश्वास व्यक्त गरेका छन् ।
जनकपुरधामस्थित कपिलेश्वरमा घरदैलोको क्रममा मतदाताहरुसंग मत माग्ने क्रममा उम्मेदवार साहले आफुले गरेका कामहरु बारे यहाँका मतदाता राम्ररी बुझेको र सोही कामको आधारमा आफूलाई मत दिने बताए । साहले भने, ‘यो क्षेत्रमा गरेका काम र उपलब्धीहरु जनता माझ लिएर जाँदैछु जनताले नाम होइन कामलाई मन पराउँछन् ।’
यसका साथै उनले ५ दलिय गठबन्धनका उम्मेदवारलाई जिताउन कुनै कसर बाँकी नराख्ने बताए । सत्ता गठबन्धनका उम्मेदवारलाई अत्याधिक मतले विजयी बनाउन प्रयास गर्न नेता कार्यकर्ताहरुलाई आग्रह समेत गरे । धनुषा ३मा सत्ता गठबन्धनकै उम्मेदवारलाई मतदाताले मन पराई रहेको उनको दावी थियो । घरदैलोको क्रममा उम्मेदवार साहले आफूले ५ वर्षमा गरेका कामहरु गनाउनुका साथै बाँकी योजनाहरुको विषयमा समेत बुझाएका थिए ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले