+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

श्रीमती रामरती साह द्वारा गरीब तथा विपन्न परिवारलाई छठ पूजाका लागि सामाग्री वितरण

3 वर्ष पहिले प्रकाशित

भागचरण, जनकपुरधाम
जनकपुरधाम, कार्तिक ९ गते । जनकपुरधाम उप–महानगरपालिका वार्ड नं.–१४ मुजेलिया का समाजसेवी स्वं.फुलगेन साह को श्रीमती रामरती साह द्वारा गरीब तथा विपन्नहरुलाई छठ पूजाका लागि सामाग्री वितरण गरेको छ ।
मिथिलाञ्चलको महान चार्डपर्व छठको शुभ अवसरमा छठ गर्ने ९ (नौ) जना गरीब तथा विपन्न व्रतालुहरुलाई छठ पूजामा प्रयोग हुने सामाग्रीहरु वितरण गरेको छ ।


विगत ३ (तिन) वर्ष देखी जनकपुरधाम उप–महानगरपालिका वार्ड नं.–१४ मुजेलियामा बस्ने ९ (नौ) जना महिला गरिब तथा बिपन्न परिवारहरुलाई यस वर्ष पनि सहयोग गरेका छन् ।
यस वर्ष ९ (नौ) जना महिलालाई हरेकलाई एक थान सारी सेट, गहु, मिठा र केही नगद छठ पूजा सामाग्री बितरण गरेका छन ।


प्रत्येक महिला ब्रतालुहरुलाई छठको शुभकामना दिंदै सामाग्री वितरण गरिएको हो । गरीब ,विपन्न महिलाहरुले छठका लागि आवश्यक सामाग्री पाएपछि आफूहरुलाई पूजा गर्न सहज भएको बताएका थिए ।


समाजमा रहेका गरीब, विपन्न वर्गलाई पूजा गर्न सहज होस् भनेर करिब ३ वर्ष देखि कार्यक्रमको आयोजना गर्दै आईरहेको समाजसेवी विद्याकर प्रसाद साहले बताउनु भयो ।
त्यस्तै कार्यक्रममा स्थानिय बासी, बुद्धिजिवि, सामजसेवीको लगायत उपथिति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

2 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

2 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

2 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

2 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

2 महीना पहिले