पत्रकार झाले गरे ५ पुस्तकको मैथिली अनुवाद
3 वर्ष पहिले प्रकाशित

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, कार्तिक १ गते । पत्रकार सुजीतकुमार झाले ५ वटा पुस्तकको मैथिली भाषामा अनुवाद गरेका छन । विद्यालय जानवाट बञ्चित तथा बीचैमा विद्यालय छाडेका किशोरीहरुलाई पढाउन स्ट्रिट चाइल्ड अफ नेपालको सहयोगमा जानकी महिला जागरण समाज जनकपुरधामले ‘जीवन उपयोगी शिक्षा सहजीकरण पुस्तिका’ भनेर ५ वटा पुस्तक प्रकाशित गरेको छ ।
नेपाली भाषावाट मैथिलीमा अनुवाद गरिएको यो पुस्तक केहीदिनमै धनुषा र महोत्तरी जिल्लाका किशोरीहरुलाई पढाइनेछ ।
पत्रकार झाको यो सहित १५ वटा पुस्तक प्रकाशित रहेको छ । अनुवादमा ६ वटाका साथै अन्य ९ वटा साहित्यका पुस्तकहरु रहेको छ ।
वालकथा संग्रह ‘कोइली घूरि आउ’, ‘तितलीसंग दोस लगाएब’, कथा संग्रह ‘चिड़ै’, ‘जिद्दी’, ‘बुलबुल’, ‘खजुरीबाली’, ‘गन्ध’, रिपोताजहरुको संग्रह ‘रिपोटर डायरी’का साथै अनुसन्धानमूलक पुस्तक ‘पुनि पुनि होत विवाह’ रहेको छ । नेपालीबाट यसअघि ‘बान्हल हाथसभ’ पनि मैथिलीमा अनुवाद गरेका छन ।
मैथिली, समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका पत्रकार झा तीन दशकदेखि पत्रकारितामा सक्रिय रहेका छन ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले