२१ औ वार्षिक साधारण सभामा राष्ट्रिय बचत तथा ऋण सहकारी द्वारा एटिएम संचालन
3 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम, असोज २९ गते । राष्ट्रिय बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार बाट एटिएम संचालनमा ल्याएको छ ।
राष्ट्रिय बचत तथा ऋण सहकारी संस्थाले २१ औं वार्षिक साधारण सभाको अवसरमा सो एटिएम संचालनमा ल्याएको हो । जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साह ले प्रमुख अतिथिको आसनबाट उक्त वार्षिक साधारण सभा र एटिएम को उद्घाटन गर्नुभयो ।
धनुषा जिल्लामा संचालित विभिन्न बचत तथा ऋण सहकारी संस्थाहरु मध्ये ‘‘स्मार्ट” सहकारी राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था बन्न गएको बक्ताहरुले सो कार्यक्रममा बताएका छन ।
प्रमुख अतिथी उपमेयर किशोरी साह ले बचत तथा ऋण सहकारीहरु मध्ये राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था उत्कृृष्ट रहेको बताउँदै आफु, श्रीमति, छोरा, छोरी समेत पाँचै जनाको नाउँमा शेयर सदस्यता लिने ईच्छा जाहेर गर्नुभयो । उहाँले जनकपुरधाम उप–महानगरापालिकाका पदाधिकारीहरुको पनि शेयर सदस्यता लिनको लागि कुरा राख्ने बताउनु भयो ।
राष्ट्रिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विद्याकर प्रसाद साह ले अध्यक्ष मन्तव्य राख्दै भन्नुभयो,‘२०५७ सालमा स्थापना भएको राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था आफ्नो २१ औं वार्षिक साधारण सभा अवसरमा सेवाग्रहीको सुविधाका लागि एटिएम संचालनमा ल्याएको छ ।” उहाँले राष्ट्रिय बचत तथा ऋण सहकारी संस्थाको एटिएमबाट राष्ट्रमा र भारतमा जुनसुकै बैंकको एटिएम मेशिनबाट रकम झिक्न पाउने व्यवस्था गरिएको जानकारी गराउनु भयो ।
राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था २०७५ सालमा नेफ्स्कुनको सदस्यता प्राप्त गरेपछि सफटवेयरको माध्यमबाट दैनिक कार्यहरु संचालनमा ल्याएको हो ।
अध्यक्ष साह ले मोबाईल बैंकिंग ४ वर्षदेखि सफल रुपमा संचालन भईरहेको बताउँदै यसले टेलिफोन,बिजुली,टी.भी. नेटवर्कको विल भुक्तानी कार्यकोलागि हाम्रा ग्रहकलाई अन्यत्र धाउनु नपरेको जानकारी गराउनु भयो ।
यहाँका चित्रांश पार्टी पैलेश सभाकक्षमा आरम्भ भएको वार्षिक साधारण सभामा राष्ट्रिय सहकारी बैंक का प्रमुख विष्णु पराजुली, सुधिर पाण्डे,गंगा बलमपाकी, देवी चौलागाई,राजेन्द्र ढकाल लगायतका वक्ताहरुले राष्ट्रिय बचत तथा ऋण सहकारी संस्थाको कार्यहरुमा सह्रना गर्दै खुसी व्यक्त गरेका छन । उनिहरुले अगामी दिनमा यसैगरी अगाडी बढदै रहुनको लागि कामना गर्नुभयो ।
राष्ट्रिय बचत तथा ऋण सहकारी वार्षिक साधारण सभाबाट अनुमोति भए अनुसार १२ प्रतिशत सेयर लाभांश वितरण गर्दैछ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
1 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
1 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
1 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
1 महीना पहिले