कोजाग्रामा रतौलीबाट मधुर मखानको भार जानकी मन्दिर समेतमा भित्र्याईयो
3 वर्ष पहिले प्रकाशित
.jpg)
कमल साह
जनकपुरधाम,असोज २३ गते । आश्विन पूर्णिमा आर्थत आज असोज २३ गते यहाँका श्री राम र श्री जानकी मन्दिर समेत समस्त मिथिलांचलका मठ मन्दिरदेखि घरघरमा मह,मखान,पान, खिर लगायत खाएर कोजाग्रत पर्व मनाईयो ।
राम मन्दिरमा संध्या आरती पछि र जानकी मन्दिरमा संध्या आरती हुनुभन्दा अघि कोजाग्रात पर्व मनाइएको छ । यस अवसरमा भगवान रामसीतालाई मन्दिर बाहिर ल्याएर खुल्ला आकाश मुनि (ओस) मा राख्ने परम्परा रहेको छ । त्यहाँ विभिन्न किसिमको धार्मिक गीत गाईने र भगवानको आरती पूजा गर्ने परम्परा रहेको छ ।
यस अवसरमा महोत्तरीको रतौली गाउँका महेन्द्र ठाकुरका नातीहरुले जानकी मन्दिर लगायतका मन्दिरमा मखान पान, खिर लगायतका भार आएको छ । महेन्द्र ठाकुर ले जानकी माता संग पुत्र प्राप्तीको कामना गर्दै भाकल गरेको र पुत्रलाभ भएपछि प्रत्येक वर्ष कोजाग्रात पुर्णिमाका दिन जानकी मन्दिरमा दही, चीउरा, पान मखान सहितको भार पठाउन सुरु गरेका थिए । त्यसपछि उनका छोरा, नातीहरु हुंदै परनातीहरु समेत अहिले सो परम्परा जोगाउदै प्रत्येक वर्ष भार लिएर आउने गरेका छन् ।
द्वापर युगमा श्रीकृृष्णद्वारा आश्विन पूर्णिमाको राति कोजाग्रत पर्व मनाइएको धार्मिक मान्यता रहेको छ । यस अवसरमा मह, मखान, पान, दही, खिर लगायतका परिकार खाने र शीतमा बस्ने चलन रहेको छ । यस अवसरमा मिथिलांचलमा रहेका हरेक रामजानकी मन्दिरका भगवानलाई शित ‘ओस’ राखिएको हो ।
कोजाग्रतको रातीमा अमृत वर्षा हुन्छ । यस अवसरमा मिथिलांचलका तमाम मठ मन्दिरका देवतालाई खुल्ला आकाशमुनि राख्ने चलन रहेका छन । यस अवसरमा हिन्दु नरनारीलाई समेत खुल्ला आकाशमुनि रही अमृत पान ग्रहण गरिएका हुन्छन । मिथिलाको प्राचीन नगरी जनकपुरमा विशेष प्रकारले पुजापाठ गरेर कोजाग्रत पुर्णिमा मनाउने गरिएको छ । यस अवसरमा प्रसादको रुपमा भगवानलाई पान मखान चढाउने गरिएको छ । जनकपुरधामको जानकी मन्दिर र राम मन्दिरमा श्रद्धालु वर्ग पान मखान चढाउनको लागि भिड लागेको थियो ।
सम्पन्नताकी देवी महालक्ष्मीले कोजाग्रतको रात पृथ्वीको भ्रमण गरी ‘को जागेको छ ? भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा–आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण राति गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजा–आराधना गर्दछन् । प्रतिपदाका दिन घटस्थापना गरी प्रारम्भ गरिएको बडादसैं कोजाग्रत पूर्णिमाको साँझ घरघरमा महालक्ष्मीको पूजा–आराधना गरी विसर्जन गरिन्छ । कोजाग्रत पूर्णिमाको भोलिदेखि आकाशदीप बाल्ने परम्परा रहेको छ ।
कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा पूजा गर्ने र महादीप बालेर जाग्राम बस्ने पनि गरिन्छ । कोजाग्रत पूर्णिमादेखि कात्र्तिक शुक्ल पूर्णिमासम्म अर्थात् एक महिनासम्म साँझ घरघरमा बाँसको टुप्पोमा दियो बाल्ने र आँगनमा तुलसीको मठ सजाएर भगवान विष्णुको पूजाअर्चना गर्ने धार्मिक प्रचलनअनुसार सोमबारदेखि आकाशदीप बाल्ने र कात्र्तिक स्नान गर्ने गरिन्छ ।
तराईमा यस पर्वमा खास गरेर नवविवाहित मैथिल ब्राह्मण र कायस्थको घरमा ससुरालीबाट पानमखान सहितको (पाहुर) सामग्री जाने गर्छ । यस क्रममा साला र भिनाजुबीचको पासा खेल रोचक हुने गर्छन । यस दिनमा भगवानले राति अमृतको वर्षा गर्ने गरिएको कारणले राति खिर बाहिर खुल्ला ठाउमा राखेर खाने चलन रहेको छ ।
कोजाग्रतको अवसरमा रतौलीबाट दही च्युरा केरा मखान विभिन्न प्रकारको अचार भगवानको लागि नयाँ बस्त्रलगायत १०८ भार जनकपुरधामको विभिन्न मठ मंदिरमा आएको छ । त्यसमा सबभन्दा बढी जानकी मन्दिरमा १०१ भार आएको हो ।
आज भन्दा ११४ वर्ष अघि महोत्तरी जिल्लाको रतौली गाविस बस्ने महेन्द्र ठाकुर ले श्री कीशोरी जी को माईति घर सम्झदै कोजाग्रत पूर्णिमाको दिन जानकी मंदिरमा कोजाग्रत भार पठाउने आरम्भ गरेका थिए । जुनकुराको निरंतरता उहाँका नातीहरुले समेत प्रदानगर्दै आएका हुन ।
महेन्द्र ठाकुरका नातीहरु छुट्टाछुट्टै बस्दै आएपनि कोजाग्रतको लागि सामग्रीहरु समुहमा खरिद गर्दै जानकी मंदिर लगायतका मंदिरमा मखान, दही,च्युरा, केरा, अचार भगवानको लागि नयाँ बस्त्र समेतको भार गाउँबाट ल्याउनु भएको छ ।
ब्रम्हदेव प्रसाद ठाकुरका दुई छोरा वरण ठाकुर र भगवान ठाकुरले १०१ भारसंगै नौ मन चामल, दाउरा र २३ गते आईतवार सांझको आरतीमा लाग्ने सामग्री समेत प्रदान गर्नुभएको छ । उहांले राम मन्दिर, लक्ष्मण मन्दिर, महराज सागर, शीतल दास कुटी, बसहिया स्थान, दूधमती स्थित परमहंश कुटी र रत्न सागर स्थानमा भार पुगाउनु भएको छ ।
रतौलीकै किशोरी प्रसाद ठाकुर र शान्ति देवीको सुपुत्र अरुणकुमार ठाकुर र पँकज कुमार ठाकुरद्वारा २ मन चामल, दही, च्यूरा, चिनी, व्यञ्जन, अचार, मखान, भगवानको लागि वस्त्र लगायतका सामग्री अग्नी कुण्डस्थित बनियाँ कुटी र रामस्वरुप दासको मन्दिरमा प्रदान गरिएको छ ।
विहान जानकी मन्दिर, राम मन्दिर, लक्ष्मण मन्दिर लगायतका मन्दिरहरुको लागि ल्याएको १५१ भारको अगुवाई स्थानिय युवाहरुले गर्दै गाजाबाजासंगै मन्दिरमा पुगाएको छ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले