जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
3 वर्ष पहिले प्रकाशित

सन्जु कर्ण, सर्लाही,
सर्लाही, भाद्र २४ गते । वल्र्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा बागमती सेवा समाज नेपाल र राष्टिूय रोजगार प्रवद्र्धन केन्द्रद्धारा सञ्चालित परियोजनाहरुको आर्थिक वर्ष २०२२ को जिल्ला परियोजना सल्लाहकार समितिको बैठक जिल्लाको मलंगवामा सम्पन्न भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख कौशल किशोर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्कीले स्वागत मन्तव्य गर्नु भएको हो ।
बाल संरक्षण समुदाय संलग्नता स्पोन्सरसीप योजना, एकिकृत पोषण तथा उत्थानशील जिविकोपार्जन, तथा सिकाई परियोजनाको २०२२ मा भएका क्रियाकलापका बारेमा प्रस्तुतीकरण हुनुका साथै कार्यक्रमको मुख्य मुख्य उपलब्धीहरु, र चुनातिको बारेमा छलफल भएको हो । यसै गरी विगतमा कार्यक्रम सञ्चालन गर्दाका अनुभव र सिकाईको पुनरावलोकन र समीक्षा गदै आगामी दिनमा कार्यक्रम अझ प्रभावकारी र जवाफदेही बनाउन सरोकारवालहरुसँग सुझाव समेत संकलन गरिएको हो ।
जिल्ला स्थित हरिपुर्वा, पर्सा, चन्द्रनगर, र ब्रम्हपुरीमा वल्र्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा बागमती सेवा समाज नेपाल र राष्टिूय रोजगार प्रवद्र्धन केन्द्रलाई बालबालिकाको क्षेत्रमा लगानी गरेको हुनाले धन्यवाद व्यक्त गरेका छन । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले गैर(सरकारी संघसस्थाहरुले सरकारको नीति अनुरुप दिगो विकासका लक्ष्य प्राप्त गर्न सरकारलाई नै सहयोग गरिरहेको बताउनु भयो । सरकारको आवधिक योजनामा आधारित रहेर गैरसकारी संघसंस्थाहरुले सहयोग गर्नु पर्छ । स्थानीय तहसँग के आवश्यकता छ, त्यहाँको आवश्यकतामा नै आधारित रहेर कार्यक्रम योजना गर्नु पर्छ र स्थानीय पालिकाले पनि कार्यक्रमको अपनत्व पनि लिन सक्नु पर्छ गौतमको जोड रहेको थियो ।
जिल्ला स्थित हरिपुर्वा, पर्सा, चन्द्रनगर, र ब्रम्हपुरीमा वल्र्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा बागमती सेवा समाज नेपाल र राष्टिूय रोजगार प्रवद्र्धन केन्द्र विगत ४ वर्ष देखि परियोजनाहरु सञ्चालन गर्दै आईरहेको छ । कार्यक्रमको प्रस्तुतिकरण वल्र्ड भिजनका चन्द्र मोक्तान, बागमती सेवा समाज नेपालका प्रमेश बादे, राष्टिूय रोजगार प्रवद्र्धन केन्द्रका राम यादव र आदित्य पटेलका गरेका थिए भने कार्यक्रमको सञ्चालन नागेन्द्र प्रसाद साहले गरेका थिए । कार्यक्रममा परियोजनाको बारेका वल्र्डभिजन इन्टरनेसनल नेपालले कसरी काम गर्छ भन्ने कुरा बताउनुका साथै परियोजनाका बारेमा विस्तृतरुपमा वल्र्डभिजन इन्टरनेसनल नेपालका ईस्ट फिल्ड व्यवस्थापक विनय अमात्यले बताउनु भयो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले