विवाहपंचमी महोत्सवको अर्को रौणकता तिलोक्तसव मनाईयो
2 वर्ष पहिले प्रकाशित

रामसागर पण्डित ,
जनकपुरधाम, पुस २ गते । त्रेता युगमा राम र सीता बीच सम्पन्न विवाह कार्यक्रमलाई सम्झानागर्दै विहिबार तिलकोत्सव मनाइयो ।
विविहपंचमी दिन भन्दा तीनदिन अघि विहिबार तिलकोत्सव सम्पन्न भएको छ । भोली शुक्रबार मटकोर कार्यक्रम रहेको छ ।
तिलोकत्सवको अवसरमा जानकी दरबारबाट दही,च्युरा, खजुरीया, ठकुवा,खाजा,पिरुकीया, पुवा,मलपुवा,गाँजा,कसार (भुसुवा), पुरी,च्युरा लाई, मुडही लाई, सुन्तला,सेव,केरा लगायतका १०१ भारसंगै महंथ रामतपेश्वर दास वैष्णव, साधुशन्त,धर्म अनुरागी राम दरबारमा पुगेका छन । जानकी दरबारबाट निस्केको तिलोकत्सव समारोहमा सहभागीहुनेहरु नगरपरिक्रमा गर्दै राम दरबारको एक फन्को लगाएर तिलकोतसव स्थलमा प्रवेश गरेका छन ।
राम मंदिरमा आयोजित तिलोकत्सव कार्यक्रमको सम्पूर्ण व्यवस्था यहाँका महावीर युवा कमिटीले गरेका थियो । महावीर युवा कमिटीका सदस्य बलराम साह ले तिलोकत्सव आयोजन गर्नुभएको थियो। त्यहाँ राम मंदिरका महंथ राम गिरी र जानकी मन्दिरका महंथ रामतपेश्वर दास वैष्णव सम्धीको रोलमा एक अर्कालाई अंगालो मार्दै मिलन गर्नुभयो ।
विवाह पञ्चमी महोत्सवको तेस्रो दिन बुधबार साँझ जानकी मंदिरको आंगनमा धनुष यज्ञ सम्पन्न भयो । त्यहाँ राम जी ले धनुषलाई उचाल्नु भयो ।
त्यस्तै रामजानकी विवाह पञ्चमी महोत्सवको दोस्रो दिन फूलवारी लीला कार्यक्रम सम्पन्न भयो । सप्ताहव्यापी विवाह पञ्चमी अन्तर्गत जानकी मन्दिरसंगै रहेको विवाह मण्डपमा सीताले फूल टिप्न गएको बेलामा रामसँग भएको पहिलो भेटको सम्झना स्वरुप फूलबारी हुने गरेको छ ।
जानकी मन्दिरबाट सीता र भगवान रामको प्रतीकात्मक स्वरुपलाई विवाह मण्डपको बगैंचामा लगेर फूलवारी लीला मनाईयो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले