+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

गौशालामा साताव्यापी योग शिविर सम्पन्न, स्वस्थ रहनका लागि नियमित रुपमा योग गर्नु आवश्यक रहेको पूर्वमन्त्री पोखरेलको भनाई

4 वर्ष पहिले प्रकाशित

धनवीर कुशवाहा, गौशाला
गौशाला, माघ ७ गते । माघ १ गतेदेखि संचालनमा आएको साताव्यापी योग शिविर वुधबारबाट सम्पन्न भएको छ । गौशालास्थित नवनिर्माणाधीन कभर्डहलमा आयोजित एक हप्ते योग शिविर विधिबत रुपमा सम्पन्न भएको हो ।
गौशाला नगरपालिकाको आयोजनामा सम्पन्न भएको सो समापन कार्यक्रमलाई सम्बोधनको क्रममा विभिन्न व्यक्तित्वहरुले योगको सन्दर्भमा चर्चा परिचर्चा गरेका थिए । पूर्णरुपमा स्वस्थ रहनका लागि नियमित रुपमा योग गर्नु अपरिहार्य रहेको पूर्वमन्त्री गिरीराजमणि पोखरेलले बताएका छन ।
वुधबार महोत्तरीको गौशाला नगरपालिकाले आयोजना गरेको साताव्यापी योग शिविरको समापन समारोहलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै विहानीपख नियमित रुपमा योग गर्नाले शारिरीक र मानसिक रुपमा स्फुर्ति पाउने भएपछि योग अनिवार्य रुपमा गर्नुपर्ने धारणा राखेका हुन ।
पोखरेलले नेपालीहरु पुर्वर्जहरुले अपनाएको संस्कृतिलाई भुलेर पश्चिमा संस्कृतितर्फ लम्किनु दुखद रहेको तर्क राखेका हुन । कार्यक्रमकाबीच नगरप्रमुख शिवनाथ महतोले गौशाला नगरपालिकालाई योगयुक्त क्षेत्र बनाउनका लागि प्रयासरत रहेको बताए ।
अब नगरको हरेक विद्यालयबाट योग शिक्षा जनचेतनाको रुपमा फैलाउने नगरप्रमुख महतोले बताए । कार्यक्रमकाबीच योग र ध्यानले समाजलाई रोगमुक्त बनाउन सफल रहने नगरप्रवक्ता भोजवहादुर दर्लामीले तर्क राख्नुभयो । अब अगामी दिनमा वडा वडामा योग शिविरको आयोजना गरि योग शिक्षलाई निरन्तरता दिने नगरप्रवक्ता दर्लामीले प्रतिवद्धता जनाए ।
सोहीवीच नेपाल शिक्षक महासंघ गौशालाका अध्यक्ष नकुल उप्रेतीले स्वच्छ जीवनयापनका लागि योग अनिवार्य रहेको तर्क राख्दै अव शिविरबाट सिकेको शिक्षा विद्यालयबाट जनजनमा सन्देशात्मक अभियान संचालन गर्ने धारणा राख्नुभयो ।
योगलाई जनजनमा फैलाउनका लागि गौशालास्थित त्रिभुवन माविको प्रागणमा रहेको स्रोत केन्द्रलाई खाली गराएको छ । अब स्रोतकेन्द्रबाट योग सम्बन्धि शिक्षाको सुरुवात हुने नगरपालिकाको कार्यालयले जनाएको छ ।
सोहीवीच गौशाला नगरपालिकाले प्रशिक्षकलाई मायाको चिनो दोसल्ला र सल ओढाउनुको साथै सम्मानपत्रले सम्मानित गरेका थिए । त्यस्तै प्रशिक्षार्थी एवम आगन्तुकहरुलाई समेत प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रमको उदघोषण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रजंग थापाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

2 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

2 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

2 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

2 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

2 महीना पहिले