राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) मधेश संयोजकमा वरिष्ठ पत्रकार कमल साह चयन
3 वर्ष पहिले प्रकाशित

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, भाद्र ३ गते । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) मधेश प्रदेश संयोजकमा खोजवीन साप्ताहिकका कमल साह सर्वसम्मतिबाट चयन भएका छन ।
नियोकका मधेश प्रदेश संयोजक डा. रामचरित्र साह को अध्यक्षतामा आयोजित बैठकबाट वरिष्ठ पत्रकार तथा खोजबीन साप्ताहिकका सम्पादक कमल साह लाई संयोजक पदमा सर्वसम्मतिबाट चयन गरिएको जनाएको छ । सो बैठक ले वरिष्ठ पत्रकार साह को संयोजकत्वमा नौ सदस्यीय कार्यसमिति समेत चयन गरिएको छ । त्यस कमिटीको उपसंयोजक पदमा डा. उद्येश्वर लाल दास, (धनुषा) सचिवमा अनिता यादव(सिरहा)र कोषाध्यक्षमा वरिष्ठ पत्रकार अर्जुन क्षेत्री(धनुषा) बाट चयन भएका छन ।
त्यस्तै सदस्य पदमा चयन हुनेहरुमा कैलाश प्रसाद (सप्तरी ), अधिवक्ता अरुण कुमार यादव (धनुषा), सिए संतोष साह (महोत्तरी),पुजा यादव र जगरनाथ यादव (धनुषा) रहेका छन ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति स्थापना मुलुकमा हुने स्थानिय, प्रदेश सभा र प्रतिनिधी सभा तथा राष्ट्रिय सभाको निर्वाचन निष्पक्ष तथा धाँधली रहित बनाउने उद्येश्यबाट स्थापना भएको हो ।
संसदीय र प्रदेश स्तरीय निर्वाचन मंसिर ४ गते हुने घोषणा भएको लाई मध्यनरज राख्दै नियोग केन्द्रिय समितिले जिल्ला तथा प्रदेश स्तरीय समितिहरुलाई चुस्त दुरुस्त बनाउनको लागि चालेको कार्यक्रम अन्तर्गत मधेश प्रदेश कार्यसमिति साउन ३१ गते पुनर्गठन गरिएको छ । जो आज पूर्णता पाएको बताइएको छ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले