मोनाष्टिक आ. मा. विद्यालयबाट एसईई परीक्षामा प्रदेशभरिमै उत्कृष्ट छात्र प्रवेश यादवलाई विद्यालयले बाट सम्मानीत
3 वर्ष पहिले प्रकाशित
.jpg)
मिथिला जागरण समाचारदाता
जनकपुरधाम, असार २९ गते । २०७८ सालको एसईई परीक्षामा जनकपुरधामस्थित मोनाष्टिक आवासिय माध्यमिक विद्यालयबाट प्रदेशभरिमै उत्कृष्ट नतिजा ल्याउने छात्र प्रवेश यादवलाई विद्यालयले सम्मान गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका–१३ कर्वड हल बस्ने संतोष यादवका छोरा प्रवेश यादवले यसवर्षको एसईईमा मधेस प्रदेशमै उत्कृष्ट नतिजा ल्याएका हुन् ।
बिहीबार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच उत्कृष्ट नतिजा ल्याउने छात्र यादलाई नगद २५ हजार र सम्मानपत्र सहित सम्मान गरिएको हो ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार मोनाष्टिकमा अध्ययनरत यादवले ४ जीपीए ल्याएर प्रदेश टप गरेका छन् ।
देशभरीमा ४२ जना विद्यार्थीले ४ जीपीए ल्याएकोमा त्यसमध्ये मोनाष्टिकका छात्र प्रवेश पनि एक हुन् ।
गुणस्तरीय शिक्षा आजको आवश्यकता भन्ने नारालाई मोनाष्टिकले पूरा गरेको कुरा एसईई २०७८ ले घाम झै छर्लङ्ग गरेको विद्यालयका निर्देशक डा.सोनु साहले बताए ।
कार्यक्रमका प्रमुख अतिथी मधेस प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक मसउद आलम खाँले मोनाष्टिक विद्यालयले शैक्षिकक्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै देशको मेरुदण्डको रूपमा अग्रस्थानमा रहेको बताए ।
कार्यक्रममा विद्यालयका संस्थापक प्रधानाध्यापिका विणा देवी साह, निर्देशक डा.सोनु कुमारलगायत विद्यालयका शिक्षक तथा कर्मचारीलाई उत्कृष्ट सेवा गरे बापत सम्मानित गरिएको थियो ।
कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने २१६ जना विद्यार्थीहरुलाई पनि पद्क तथा सम्मानपत्रले सम्मानित गरियो ।
मोनाष्टिक आवासिय माध्यमिक विद्यालयबाट यसवर्ष कूल २१६ छात्र छात्राले एसईईमा सहभागिता जनाएकोमा ३१ जनाले A+, ७१ जनाले A, ७३ जनाले B+, ३५ जनाले B र ६ जनाले C+ ग्रेड ल्याएका छन् ।
त्यस्तै, विद्यालयका प्रियांसु चित्रांशले ३.९० जीपीए, लक्ष्मी कुमारी महतोले ३.८५ र केशव कुमार साहले ३.८५ जीपीए ल्याएका छन् ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले