+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

धनुषा जिल्लामा बहुजन एकता पार्टी नेपालको प्रशिक्षणका कार्यक्रमहरु हुदै

3 वर्ष पहिले प्रकाशित

सन्जु कर्ण, सर्लाही,
सर्लाही, श्रावण १७ गते । धनुषा जिल्लाको सबैला नगरपालिका वडा नं. १३ रामपुर र रघुनाथपुरमा बहुजन एकता पार्टी नेपालको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।सोमवार दुखिया पासवानको अध्यक्षता तथा पार्टीका वरिष्ठ नेता तथा राष्टिूय संगठन प्रभारी राजाराम पासवानको प्रमुख आतिथ्यमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको बहुजन एकता पार्टी नेपालले जनाएको छ ।

प्रशिक्षण कार्यक्रममा सहभागीहरुलाई उपाध्यक्ष राम पुकार सदा, सह महासचिव दुर्गा बिक,महिला नेत्री प्रमिला सदा , बुधनी देवि राम, योगेन्द्र पासवान , शोभित पासवान लगायतका नेताहरुले प्रशिक्षण दिएका थिए।

प्रशिक्षण कार्यक्रममा पार्टीको निति , सिद्धांत ,रणनीति बारे ,बहुजन बिचारधारा अधारित समता ,स्वतन्त्रता ,भाइचारा एवं बन्धुत्वको माध्यमले समाज जागृत गराइ बहुजन बन्चित समाजलाई शासक बनाउन हरेक टोल ,गाउँ ,बस्ती बस्तीमा बिचार प्रचार एवं संगठन निर्माण गर्न कार्यकर्ताहरुलाई आह्वान समेत गरिएको बहुजन एकता पार्टी नेपालले जनाएको छ ।

बहुजन एकता पार्टी नेपालका वरिष्ठ नेता पासवानले जब सम्म बन्चित समाजको हक,अधिकार सुनिश्चित हुँदैन ,तव सम्म बहुजन एकता पार्टी नेपाल संपुर्ण लडाइको लागी तैयार रहेको बताए । पासवानले गरिब माथी हुने हत्या हिंसा तथा बलात्कारको प्रमुख कारण नश्लवादी चिन्तन एवं जातिवादी हावी राजनीतिक सत्ता रहेको भन्दै त्यसलाई सखाप पारेर बहुजन समाज बन्नु पर्ने धारणा व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

2 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

2 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

2 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

2 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

2 महीना पहिले