कपिलवस्तुको सबैभन्दा विकट क्षेत्र जवाबैराठ सिमानामा बिओपीको स्थापना
4 वर्ष पहिले प्रकाशित

प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, माघ ५ गते । कपिलवस्तुको विजयनगर गाउँपालिकामा आइतवार बर्डर आउट पोष्ट ९बिओपी०को स्थापना गरिएको छ । गाउँपालिकाको वडा नं। १ जवाबैराठको नेपाल–भारत सिमानामा बिओपीको स्थापना भएको हो । कपिलवस्तुकै भौगोलिक बनावटले सबैभन्दा अति विकट क्षेत्रमा पर्ने जवाबैराठमा बिओपीको स्थापना गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं। ५ विन्ध्यावासिनी बाहिनी मुख्यालयका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक ९डीआईजी० किशोर प्रधानले प्रमुख अतिथीको आसनबाट बोल्दै विजयनगर गाउँपालिकाको १ मा बिओपीको स्थापनापछि अब यहाँका जनतालाई प्रत्यक्ष पुर्ण सुरक्षित वातावरणको महसुस हुने बताउनुभएको छ । नेपाल सरकारले सिमा नाकामा घनिभूतरुपमा स्थापना गरी लैजाने निर्णय बमोजिम सशस्त्र प्रहरी बलले सम्पूर्ण जिल्लाहरुमा तराई र हिमालका बर्डरहरुसँग जोडिएका जिल्लाहरुमा बिओपी स्थापना गर्दै आइरहेको बताउँदै त्यस नियम अनुसार कपिलवस्तुमा पनि बिओपीको स्थापना भएको बताउनुभयो ।
उहाँले यस क्षेत्रमा गर्नेपर्ने आफ्नो कर्तव्य, दायित्व र जिम्मेवारीलाई पालना गर्दै देशले सुम्पिएको जिम्मेवारीलाई कर्तव्यनिष्ठ पुर्वक सशस्त्र प्रहरीले यहाँका नागरिकलाई सुरक्षित वातावरणमा बस्न, हिड्न, लगाउन, व्यवसाय सञ्चालन गर्न एउटा महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । सशस्त्र प्रहरीसँगै स्थानीय नागरिकहरुले एकसाथ हातेमालो गर्दै अगाडी बढे अपराधका घटनाहरुलाई न्युनीकरणमा ठुलो सहयोग पुग्ने कुरामा जोड दिनभयो । बिना डर, त्राससँग स्थानीयवासीहरुलाई ढुक्कसँग बसेर व्यापार, व्यवसाय सञ्चालन गर्न अनुरोधसमेत प्रधानले गर्नुभयो ।
यस्तै जिल्ला प्रमुख दीर्घनारायण पौडेलले कपिलवस्तु जिल्ला भारतको सिमा नाकासँग ९३ किलो मिटर जोडिएको बताउँदै बिओपी जवाबैराठले १३ किलो मिटरभित्रको क्षेत्रकलाई हेर्नका लागि बिओपीको स्थापना गरिएको बताउनुभयो । बर्डरको सुरक्षा, बर्डरमा हुने अपराधहरु घटनाहरु चोरी, निकासी, पैठारी लगायत कानुन विपरीतका कार्यहरुलाई नियन्त्रण गर्न ठूलो उपलब्धी हुने पौडेलले दावी गर्नुभयो । यस बिओपीको स्थापनाका लागि विजयनगर गाउँपालिकाको ठुलो सहयोग र गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाको अथक प्रयाससमेत रहेको उहाँले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले वडा नंं।१ अति विकट क्षेत्र भएकोले यहाँका सिमा नाकामा घट्ने घटनाहरुलाई न्युनीकरण गर्ने उद्धेश्यले बिओपीको स्थापना हुनु सराहनीय कार्य भएको बताउनुभयो । अब यस क्षेत्रमा हुने अबैद्य, गैर कानुनी क्रियाकलापमा कमी आउनुको साथै यहाँका बासिन्दा सुरक्षित हुने थापाले बताउनुभयो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले