+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

धनुषामा बहुजन एकता पार्टी नेपालले संगठन बिस्तार एबं प्रशिक्षण कार्यक्रम गर्दै

3 वर्ष पहिले प्रकाशित

सन्जु कर्ण, सर्लाही,
सर्लाही, श्रावण १४ गते । धनुषामा बहुजन एकता पार्टी नेपालले संगठन बिस्तार एबं प्रशिक्षण कार्यक्रम धमाधम गरिरहेको छ ।
यसैबिच बहुजन एकता पार्टी नेपालले शुक्रवार पनि धनुषाको २ वटा वडामा प्रशिक्षण कार्यक्रम गरेको छ । जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर १ मखनपुर र वडा नम्बर ५ नौसयमा पाटीले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।
धनुषाधाम नगरपालिका वडा न ५ को नौसय मा बहुजन एकता पार्टी नेपाल का वडा अध्यक्ष सन्जीब चमार को अध्यक्षमा तथा वडा नम्बर १ मखनपुरमा पार्टीका उपाध्यक्ष रामपुकार सदाको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो ।
पार्टीका बरिस्ट नेता तथा राष्टिूय संगठन प्रभारी राजाराम पासवानको प्रमुख आतिथ्यतामा भएको प्रशिक्षण कार्यक्रममा पार्टीका उपाध्यक्ष रामपुकार सदा, सह(महासचिव दुर्गा बिश्वकर्मा, महिला नेत्री बुधनीदेवी राम, धनुषाधाम नगरपालिका प्रमुख केसर मुखिया, झगरु सदा, बद्री मुखिया लगाएतले मन्तब्य राखेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवं पार्टीका बरष्टि नेता पाशवानले पार्टीको निति, सिद्धान्त, रणनीति र आगामी चुनावको तयारी लगाएतका बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।
साथै उहाँले कार्यक्रममार्फत सबै बर्ग, समुदायमा बहुजन बिचार धारा पु¥याउन पनि अपिल पनि गर्नुभएको पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

2 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

2 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

2 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

2 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

2 महीना पहिले