+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

मल उपलब्ध गराउन माग गर्दै सर्लाहीमा राप्रपाको धर्ना

3 वर्ष पहिले प्रकाशित

सन्जु कर्ण, सर्लाही,
सर्लाही, असार २५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार सर्लाही सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ ।
किसानलाई सहज रुपमा मलखाद उपलब्ध गराउन माग गर्दै सो पार्टीले जिल्ला प्रशासन कार्यालयको मुलगेटमा धर्ना दिएको हो ।
अहिले धान रोपाइँको समयमा रसायनिक मल नपाउँदा किसानले महँगो मूल्य तिरेर गुणरस्तरहीन भारतीय मल खरिद गरेर हाल्न बाध्य भइरहेकाले यसबारेमा जिल्ला प्रशासन कार्यालयमार्फत सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले धर्ना दिएको राप्रपा सर्लाहीका अध्यक्ष सत्यनारायण यादवले जानकारी दिए ।
धर्नामा सहभागी सो पार्टीका नेता कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गर्दै दिनानुदिन बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्न पनि माग गरेका छन् ।
राप्रपाले मुलुकमा राष्ट्रिय अखण्डता, स्वाधिनता, सनातन धर्म, अर्थतन्त्र एवं प्रजातन्त्रमाथि गम्भीर चूनौति खडा भएको दावी गरेको छ । धर्नामा जिल्लाभरबाट राप्रपाका नेता कार्यकर्ताहरु उपस्थित भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

2 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

2 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

2 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

2 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

2 महीना पहिले