+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

वृहतर जनकपुरधामका नवनियुक्त अध्यक्ष साहद्वारा पदभार ग्रहण

3 वर्ष पहिले प्रकाशित

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, असार १६ गते । नेपाल सरकारबाट वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदको अध्यक्षमा नियुक्त भएका वरिष्ठ पत्रकार समेत रहेका शितल साहले आजबाट पदभार ग्रहण गरेका छन् ।
विहिवार काठमाण्डौंबाट जनकपुरधामको विमानस्थल हुदै परिषदको कार्यालय पुगेका शितल साह ले पदभार ग्रहण गरेका हुन ।
नवनियुक्त अध्यक्ष साहले परिषदको सुधार र कार्यक्षेत्रको विकासका लागि आफु सक्दो कोशिस गर्ने बताएका छन् । पत्रकारिताको क्रममा आफुलाई धेरै समस्या र चुनौतीहरु जानकारीमा रहेकाले आफु सक्दो सुधारका कामहरु गर्ने बताउदै उनले यस्मा सबैको सहयोग आवश्यक पर्ने बताए ।


नेपाल सरकार मन्त्री परिषदको बैठकले साहलाई अध्यक्ष पदमा नियुक्त गरेको हो । साह नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य र कोषाध्यक्ष समेत भइसकेका छन् ।
सो अवसरमा परिषदका कार्यकारी निर्देशक बलराम ठाकुर सहित कर्मचारी, नेकपा एसका नेता कार्यक्रताहरुको सहभागिता रहेको थियो । वहाँलाई शुभकामना दिनको लागि वृहतर जनकपुरधाम क्षेत्र विकास परिषद हजारौको संख्यामा उपस्थिती भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

2 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

2 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

2 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

2 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

2 महीना पहिले