मोनाष्टिक विद्यालयमा प्रि–स्कूल दिक्षान्त समारोह सम्पन्न
3 वर्ष पहिले प्रकाशित

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, असार १६ गते । जनकपुरधाम का सबभन्दा पुरानो ख्यातिप्राप्त तथा शिक्षामा बढीजोड दिने मोनाष्टिक आवासिय माध्यमिक विद्यालयको प्रिस्कूल दिक्षान्त समारोह भव्यताका साथ सम्पन्न भएको छ ।
समारोहमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले नगरभित्रका शैक्षिक संस्थाहरुलाई अझ बढी प्रभावकारी बनाउनु पर्ने महशुस आफूले गरेको बताए ।
साहले विद्यार्थीलाई उच्चस्तरीय शिक्षा प्रदान गर्न चाहिने आवश्यक सहयोग मोनाष्टिकले गरिरहेको कार्य सराहनीय रहेको भन्दै प्रशंसा गरेका थिए ।
साहले गुणस्तरीय शिक्षामा संस्थागत विद्यालयहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । उनले संस्थागत विद्यालय र सामुदायिक विद्यालयबीच विभेद गर्न नहुने पनि बताए । नगरप्रमुख साहले बालबालिकाहरुलाई प्रमाण–पत्रसमेत प्रदान गरेका थिए ।
समारोहमा विद्यालयका प्रबन्ध निर्देशक डा. सोनु साहले बालबालिकाको सर्वाङिग विकासलाई ध्यानमा राखी शिक्षा दिनुपर्ने आजको आवश्यकता रहेको बताएका थिए ।
समारोहमा विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थीलगायतको उपस्थिति थियो । यूकेजीबाट कक्षा १ मा प्रवेश गरेका प्रिस्कूलका २ सय २० बालबालिकाको सहभागिता रहेको दीक्षान्त समारोहमा बालबालिकाहरूले विभिन्न नाचगान तथा बिभिन्न प्रकारका प्रस्तुतिहरू दिएका थिए । सो दीक्षान्त समारोहमा सबै बालबालिकाहरुका अभिभावकसमेत उपस्थिती रहेको थियो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
1 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
1 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
1 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
1 महीना पहिले