बाटोमै निर्माण सामग्री तथा सवारी साधनहरु राख्दा वडावासीहरुलाई समस्या
4 वर्ष पहिले प्रकाशित

रंजित चौरसिया, पर्सा,
पर्सा, माघ ४ गते । वीरगंज महानगरपालिका वडा नं. १४ ठुलो पिपरामा स्थानियहरु बाटोमै निर्माण सामग्री राख्दा सवारीसाधनहरु आवत जावतमा समस्या भएको स्थानियहरुले गुनासो गरेका छन् ।
घर निर्माणको लागि चाहिने निर्माण सामग्रीहरु बाटौमै लामो समय सम्म राख्ने गर्दा सर्वसाधारणहरुलाई समस्या हुने गरेको छ । बाटोमै निर्माण सामग्री राख्दा सवारी साधनहरुलाई आउने जाने बाटो छोडेर वडा कार्यालय, महानगरपालिका वा सम्बन्धित निकाय संग स्विकृति लिएर मात्र राख्नु पर्ने हो । तर ठुलो पिपरामा बिगत एक हप्ता देखि बाटोमै बिना स्विकृति निर्माण सामग्री राखेकोमा न त वडा कार्यालय, न त नगरपालिकाले नै वास्ता गर्ने गरेको दुःखेसो वडावासीहरुको रहेको छ ।
रातीको समयमा अत्यावश्यक एम्बुलेन्स वा बारुण यन्त्र लानु परेमा सहजै जान आउने अवस्था न रहेको स्थानिय युवा समाजसेवी बिनेश पटेलले गुनासो गर्नु भयो । बाटोमै निमार्ण सामग्री राख्दा दुर्घटनाको सम्भावना पनि त्यतिकै रहेको छ तर सोलाई हटाउन सम्बन्धित निकायलाई जानकारी गराउदा पनि कुनै पनि निकायले ध्यान नदिएको गुनासो पटेलले गर्नु भयो ।
१५ फिटको बाटोमा करिब १० फिट सम्म बालुवा, गिटी, फलामको ठण्डीहरु राखिएकोले एउटा अटो वा ई–रिक्सा समेत आउन जान समस्या भईरहेको स्थानिय जायेद हुसैनले गुनासो गर्नु भयो । घर निर्माण गर्ने व्यक्तिलाई बाटोमै निर्माण सामग्री लामो समय सम्म किन राख्नु भयो भनेर वडावासीहरुले हटाउनको लागि आग्रह गरे पनि हटाउनमा आलटाल गर्ने गरेको गुनासो गरेका छन् ।
यसैगरी बाटौमै टेम्पु, टयाक्टर लगायतका सवारीसाधनहरु समेत राख्ने गरेका छन् । यस्ता सवारी साधनहरु हटाउनका लागि बारम्बार आग्रह गरे पनि अटेरी गरिरहेको स्थानियहरुले गुनासो गरेका छन् ।
यस सम्बन्धमा वडा कार्यालय, महानगरपालिका, ट्राफिक प्रहरीहरुको समयमै ध्यान जान जरुरी देखिएको छ । नत्र कुनै पनि बेला अप्रिय घटना हुन सक्ने देखिएकोले वडावासीहरु चिन्तित बनेका छन् ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले