जनकपुरधाम २३ मा स्वाभिमान पहिचानसंगै पदस्थापन
3 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,जेष्ठ १४ गते । जनकपुरधाम उपमहानगर पालिकामा आयोजित सपथग्रहण समारोहमा लिए पछि वडा–२३ का नवनिर्वाचित वार्डअध्यक्ष राघबेन्द्र प्रसाद साह आफ्नो वडा कार्यालयमा पुगेर विहिवार पदस्थापन हुनुभयो ।
सञ्चारकर्मी समेत रहनु भएको वार्ड अध्यक्ष साह सनातन धर्म अनुसार विधिपूर्वक शुभमुहुर्तमा कार्यालय प्रवेश गर्नुभयो ।
बेला,लादो र बिन्धी गाउँका हजारो संख्याको उपस्थिति रहेका पदस्थापन समारोहमा पुरोहित शम्भुनाथ झा ले मत्रोच्चारण पुजा–अर्चना गर्दै नवनिर्वाचित वडाध्यक्ष साहलाई पदस्थापन गर्नुभयो ।
हाम्रो धरोहर वरिष्ट पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी राजेश्व नेपाली को छोरा उनि हुन ।
एक भव्य समारोहबीच उनि संगै नवनिर्वाचित सदस्यहरु समेत एक साथ पदस्थापन गर्नुभयो । वडाध्यक्षको कुर्सीमा आसिन हुँदै उहाँल तीन बून्दे निणर्य लेख्दै जनताको काज आरम्भ गर्नुभयो । उनि सो बेला मो.हैदर कवाड़ी,आलम कबारीको नाता प्रमाणित गर्दै कार्यालयको कार्य आरम्भ गर्नुभयो ।
सो पदस्थापन समारोहका प्रमुख अतिथ्य बरिष्ठ पत्रकार राजेश्वर नेपाली गर्नुभयो । सो अवसरमा वार्डनं.७ के निवर्तमान वार्डअध्यक्ष जानकीराम साह, मिथिला चौधरी,केवल कुमार शर्मा,प्रधान अध्यापक देवेन्द्र यादव प्राध्यापक सुरेश साह, दिगम्बर झा, अकबर नदाफ, दशरथ दास लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राख्नुभयो ।
वार्ड नं.२३ का अध्यक्ष राघबेन्द्र साह अध्यक्ष मन्तव्य राख्नु भन्दा अघि तीनबून्दे कार्यगत लीखित प्रतिबद्धता गर्नुभयो सो समेत सर्वजानिक गर्नुभयो । उहाँले लिनुभएको प्रतिबद्धतामा –‘‘सर्वसाधारण जनताके स्वाभिमान,पहिचान आ सम्मानके दृष्टिगत करैत कार्यसञ्चालन कएल जाएत ।’’ उल्लेख गर्नुभएको छ ।
उहाँले वार्ड नं.२३ अन्तर्गतको सम्पूर्ण कार्यसम्पादन पारदर्शीता, तटस्तता एवं निष्पक्षतासंग गरिने बताउनु भयो ।
वार्ड अन्तर्गत हरेक धर्म, समुदाय, जात,जाति बीच आपसी सद्भाव कायम राख्ने, वार्डबाट हुने सेवा तदारुकतासाथ निर्वाह गर्ने बताउनु भयो ।
वार्ड अध्यक्ष साह संगै निर्वाचित वडा सदस्यसहरु मोहिनुदिन राइन, विभा देवी ठाकुर, गंगाराम महतो र सकुन्ती देवी महरा ले विधिपूर्वक पदस्थापन गर्नुभयो ।
पंचायत,प्रजातन्त्र हुँदै मुलुक गणतन्त्रमा गएको मा आफु पहिलो पल्ट यस्तो भव्य पदस्थापन बिन्धीमा भएको भनि सर्वसाधारण प्रशंसा गर्दैथियो । कार्यक्रमको सञ्चलन प्रा.रमेश साह ले गर्नुभयो भने त्यसमा वरिष्ठ पत्रकार कमल साह, डाक्टर शभु साह,ईनिजिनियर मुकेश साह लगायतको उपस्थिति रहेको थिए ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले