कुटीलाई जोगाउन बेलागाउँवासी सक्रिय, भूमाफिया फरार, एक युवकको टाउको फोडयो
3 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,जेष्ठ १४ गते । माओवादी जनयुद्धकालदेखि बेलाकुटीको जग्गामाथि गिद्दे दृष्टि राख्दै आएका भू–माफियालाई लुक्न अब गाह्रो हुने भएको छ । बेलाकुटीको सम्पति जोगाउनको लागि पुगेका युवामाथि भू–माफियाका परिवारद्वारा हमला हुँदा एक युवकको टाउको फुटन गएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं.– २३ का नवनिर्वाचित अध्यक्ष राघवेन्द्र साह को नेतृत्वमा पुगेका बेलागाउँवासीमाथि भू–माफियाका परिवारहरुले आक्रमण गर्न पुगेका छन । सो आक्रमणले बेला गाउँका अब्दुल सतार को टाउको फुट्न गएको छ । उनलाई ५ वटा टाँका लागेको जनाएको छ ।
युवामाथि आक्रमण गर्ने जनकपुरधाम उमनपा– २३ का पूर्व वडाध्यक्ष सत्रुघ्न पाण्डेको मौसी रहेको जनाएको छ । युवा अब्दुल सतारमाथि आक्रमण हुँदा जनसमुदाय आक्रोशित भएको थियो । वडाध्यक्ष राघवेन्द्र साह ले उनिहरुको आक्रोश शान्त पार्ने कार्य गरिदिएका छन ।
तर, बेला कुटीको जमिन अतिगर्ने भू–माफियाको पोल खुल्दा उनलाई गाउँवासीले लखेट्न थाल्दा अर्का भू–माफियाले जोगाउन सफल भएको छ । गाउँवासीले संतोष साह,अनिल दास र शत्रुघ्न पाण्डे को सक्रियता बेला कुटीको जमिन अघोषित रुपमा बेचबिखन हुँदै आएको रहष्य खुल्न गएको छ ।
गुठी कार्यालय जनकपुरका कार्यालय प्रमुख बैकुण्ड प्रसाद रेग्मीले बेला कुटीमा नयाँ घर बन्न नदिन आग्रह जेष्ठ ११ गर्नु भएको थियो ।
बेला कुटीको जग्गामा फेरि घर बन्न लागेको सुईंको अधारमा नै वडाध्यक्ष साह सक्रिय भएर त्यहाँ पुगेका छन । त्यहाँ भारत सितामढी जिल्ला रंजितपुर वार्ड नं. ८ निवासी फेकु प्रसाद गुप्ता ले अबैधरुमा घर बनाईरहेको देखेर गाउँवासीले भत्काई दिएका छन ।
फेकुको भनाई अनुसार संतोष साह ले एक लाख रुपियाँ लिएर घर बनाउन भनेका छन । त्यस घरमा ८ लाख खर्च भएको उनले बताउँदै अब कसरी तोडने भने ।
भू–माफियाहरु सात विगहा जमिन अतिक्रमण भएको अनुमान स्थानिय युवाहरु लगाईरहेका छन ।
माओबादीको जनयुद्ध कार्यकालदेखि प्रसाशनिक निकाय निक्रिय भएबाट भू–माफिया सक्रिय भएको थियो । त्यसमा एक कार्यकाल बिन्धी गाउँ पालिकाको अध्यक्ष र एक कार्यकाल जनकपुरधाम उमनपा २३ का वडाध्यक्ष बन्नुभएका शत्रुघ्न पाण्डेको पनि सक्रियता रहेको युवाहरुले बताएका छन ।
बेला कुटीको लगभग सात विगहा जमिन लोप गराउनको लागि गुठीले खेल आरम्भ भएको देखिन्छ ।
वि.सं. १९८२ सालमा बेला गाउँका बासिन्दाहरुको जग्गा जफ्तगरेर बेलाकुटीमा १५ विगहा जमिन प्रदान गरिएको थियो तत्कालिन सरकारले । तर, आज बेला गाउका नाउमा धनेश्वर टोलमा घरबनाएकाहरुलाई बैठकमा बोलाएर उनिहरुलाई लालपूर्जा लिनमा सहजता बनाउनुने कार्य २०७१ असोज २४ मा भएको छ ।
सोही समयको केहिदिन अघि बोलकुटीमा आयोजित बैठकमा धनुषा जिल्ला का एस.पी शेखर खनाल, नेपाल गुठी संस्थान शाखा कार्यालय जनकपुरधामका निमित कार्यालय प्रमुख रबिन्द्र चौधरी, जनकपुरअञ्चल बस व्यवशायसंघका अध्यक्ष मनोज कुमार चौधरी को उपस्थिति रहेको थियो । करिब ४० जना स्थानीय सहभागितामा भएको बैठक बेला गाउँवासीलाई बोलाइएको थिएन । बेलागाउँबासीले बेलाकुटी अतिक्रमण मुक्त हेर्न चाहन्थ्यो । त्यहाँका बसिन्दाको भावना विपरित बेलागाउवासी रहेको ले उनिहरुलाई बैठकमा बोलाएको थिएन ।
गाउँबासीलाई नसोधिकन आयोजित बैठकबाट सात सदस्यी बेला कुटी संरक्षण समिति गठन भएको रहेछन । सो संरक्षण समिति मुरली मनोह मिश्र को अध्यक्षतामा गठन भएको देखिन्छ । जो मन्दिरका जमिन अतिक्रमण मुक्त गराउनमा सहायक हुनसकेन । तत्कालिन महंथ रामएकवाल दास वैष्णव अरु दिनानुदिन मौखिक रुपमा बेचबिखन गर्नथाले ।
त्यस बैठकबाट भएको निर्णय
बैठकले गरेको निर्णय अनुसार आ–आफ्नो कानुनी हैसियत भएको कागजात १५ दिनभित्र मुरली मनोहर मिश्र समेतका गठित सात सदस्यीय सरक्षण एव अनुगमन समिति मार्फत स्थानीय अधिकारीलाई बुझाउने निर्णय भएको छ । कागजातहरु बुझाउनको लागि उनिहरुले एउटा नियम बनाउन पुगेको छ । त्यो यसप्रकार रहेको छ ।
क) बेलाकुटी अधिनस्त जग्गाको गैरकानुनी रुपमा खरिद–बिक्री नगरेको वा बसोबास नगरेको वा बिचौलिया नरहेको वा अपराधी नरहेको ।ं
२. यदि बिनाकुनै कानुनी आधारित भौतिक सरचना निर्माण गरेको भए श्री रामजानकी दुलहा भगवान मन्दिर अर्थात बेला कुटीलाई दान उपदान स्वरुप चढाइ दिनुपर्ने ।
३. दान उपदान नगर्ने मन भए १५दिन भित्र आ–आफ्नो निर्माण गरेको सो भौतिक सरचना हटाई अतिक्रमणमुक्त गरि बेलाकुटीलाई सरक्षण–सम्बर्द्धन–एवं–प्रबर्धन) कार्यमा सहयोग गरिदिने ।
४. उपरोक्त उल्लेखित एव निर्देशित कुरा बिपरित कानुनलाई अटेर गर्ने उपर कानुन बमोजिमको कारवाही स्वरुप अतिक्रमण हटाउदा लाग्ने डिजल खर्च समेत अन्य जरिवाना सहित कानुनी कामकारबाही गरिने उल्लेख गरिएको छ ।
साबिक बिन्धी गाविस वडा नं. २ स्थित रहेको रामजानकी दुलहा भगवान बेला कुटी हाल जनकपुर उप महानगरपालिकामा आएपछि मन्दिरको जग्गा गोलमाल गर्नमा गुठी र उनपाका कर्मचारीहरुको मिलिभगतमा अमानतका जग्गाहरु व्यक्तिको नाउमा चढाईने कार्यहरु गर्न थालेको बिरुद्धमा मुद्दा अख्तियारदुरुपयोग अनुसन्धान कार्यालय बर्दिबास पठाउने योजना बन्दैछ ।
जउनपाका वडा नं.२३ मा रहेको बेला कुटीको अति बहुमुल्य जग्गालाई गोलमाल गर्नमा गुठी कार्यालय जनकपुरले गरेको पहिला सूचनाले सघाएको छ । गुठीले त्यस सूचनामा २०४६ सालसम्म गुठीको जग्गामा बसोबास गरेको प्रमाण ल्याएमा निजको नाउमा स्वामित्य कायम गर्ने भनि विज्ञापन गरेर अनैतिक काम गर्न स्थानीयवासीलाई सघाएको छ । गुठी को रक्षक नै रुपियाँको लोभमा भक्षक भएको थियो भने अन्य कसले गुठीको सम्पतिलाई जोगाउन सकिन्छ ?
गुठी कार्यालय प्रमुखमा राजबाबु पाण्डे करारका गुठी प्रमुख पद सम्हाले पछि गुठी अधिनका जग्गाहरुको लुटम लुट हुँदै आएको देखिएको छ ।
तत्कालिन गुठी प्रमुख पाण्डेले भनेका थिए,‘अमानत गुठी अन्तर्गत संचालित बेला कुटीका महंथ धनेश्वर दास वैष्णबको उत्तराधिकारी रामएकवाल दास उर्फ विषखोडा ले मठको जग्गा अन्धिकृत रुपमा विक्री गरेको छ । उनले पहिलादेखि नै मन्दिरको जिमिन विक्री गर्दै आएको ले गुठी कार्यालयले महंथ पद खोस्न लगाईयो ।
तर, विषखोपडाले मंदिरको जग्गाहरु अन्धिकृतरुपमा बेच बिखन गरे पनि उनमाथि देवानी मुद्दा चलाउन गुठीले कुनै पहल गरेन । जस्ले गर्दा विषखोपडाले म मन्दिरको महंथ हो भन्दै जग्गा विक्री गरेको थियो ।
गुठी जमिनमा बसपार्क आएदेखि बेला कुटीको जग्गा बहुमुल्य भएको देखेर जनकपुरधाम उप–महानगरपालिकाकामा भाडाका घरमा बसोबास गर्नेहरु त्यसतर्फ आकर्षित भयो । त्यो बेला प्रति धुर चार लाखको दरले विक्री हुने जमिन प्रति कठ्ठा २ लाख लिएर स्वघोषित महंथ राम एकवाल दास ले विक्री गरेको थियो ।
उनलाई गुठी कार्यालयले महंथ पद खारेज गरि पुजारी नियुक्त गरिदिए पनि आधिपत्य जमाएर बसेका विषखोपडा माथि गुठीले कुनै प्रकारबाट मुद्दा चलाउन पहल गरेको थिएन ।
नेपाली काँग्रेसका केवलकुमार शर्मा भन्नुहुन्छ,‘गुठीका कर्मचारी र राजनीतिक दलहरुको संरक्षण पाएका विषखोपडाले किता नं.३०९ बाट २८ जनालाई र कि.नं.५६८ बाट ११ जनालाई जग्गा वितरण गरेको प्रमाण जिल्ला प्रशासन कार्यालयमा समेत रहेको छ ।’
जनकपुर उपमहानगरपालिका वडा नं.–२३ का सचिव शरद लाभले नीज व्यक्तिहरुको नाउमा जग्गा धनि प्रमाण पूर्जा बनाउन लगाएको स्थलगत सर्जमिन मुचुल्का उठाएको देखिन्छ ।
बिन्धी वडा अन्तर्गत रहेको बेला कुटीको जग्गा जोगाउन स्थानीय व्यक्तिहरुले सचिवहरुलाई दबाब दिईदै आएको ले उनीहरु कुनैप्रकारका सेवा सुविधा पाइरहेको थिएन । तर, बिन्धी गाविस जनकपुरधाम उप महानगरपालिकामा गएपछि तत्कालिन वडा सचिव छाडा हुन पुगेको शर्माले बताउनु हुन्छ । सचिवले रुपियाँको मोलतोल गरेर स्थलगत सर्जमिन फर्जि बनाउन पुगेको दाबी स्थानीय श्याम साह को रहेछ ।
सचिव लाभ ले २०७१ साल माघ महिनामा उठाएका सर्जमिनमा कि.नं. ३०६ को ७ बिगहा १ कठा १० धुर र कि.नं.५२८ को ८ विगहा जग्गामा घरबनाउनेहरुमा रंजित तिवारी, श्रवण तिवारी, संजित तिवारी, नवल साह, रामभजन मण्डल, अजय कुमार सिंह, गर्भु मण्डल, बुझाउन मण्डल, शैली देवी, र गोविन्द अधिकारी रहेको उल्लेखित छ ।
त्यस्तै नवल राय,संजिव सिंह, उपेन्द्र मिश्र, कल्याणी देवी दास,हेमा देवी कापर,चन्द्रकला देवी,हिरा देवी कापर,अशोक कुमार दास, सुनैना देवी, राम प्रसाद ठाकुर, सुनिल कुमार कर्ण, सुर्मी देवी पाण्डे,कमलेश लाल कर्ण र मिथिलेश देवीको नाउमा रहको जग्गमा २०४६ साल देखि बाट घर निर्माण भएको मुचुल्का उठाएको छ ।
उसैगरी अनिल दास,जानकी देवी मिकिल देवी,संजिब साह,अमिरी ठाकुर,अनिता देवी,बैजनाथ चौधरी, दिनेश मण्डल, पुस्तकला देवी, आइसा देवी, लक्ष्मेश्वर तिवारी, सत्येन्द्र पाण्डे,शान्ति देवी,शियाशरण पाण्डे र नागेन्द्र पाण्डे को नाउमा सजर्मिन गरेको पाइएका छन ।
वाडा नं.२३का सचिव लाभले उठाउनुभएको मुचुल्कामा उनीहरु त्यस जग्गामा २०४६ साल भन्दा अघिदेखि बसोबासगर्दै आएको फर्जि सर्जमिन गर्न पुगेको नेपाली काँग्रेसका नेता केवल शर्माको आरोप रहेछ । वहाँ २०६२ सालमा भएको दोश्रो जनआन्दोलनको यो उपज रहेको बताउनु हुन्छ ।
बिन्धी गाविसको अध्यक्ष पदमा कामेश्वर चौधरी निर्वाचित भएपछि बस व्यवसायी संघ संग सम्झौता २०५० सालमा भएको रहेछ भने २०४६ सालमा कसरी त्यहाँ घर निर्माण हुन गएको उहाँ तर्क राख्दैछन ।
यता,गुठी कार्यालय धनुषाका तत्कालिन प्रमुख नवराज पौडेलले जनकपुरधाम उप महानगरपालिकाबाट सिफारि भई आएको निवेदन केन्द्रिय कार्यालयमा पठाएको बताउनु हुन्छ । यसरी बेलाकुटीको बहुमुल्य सम्पति गुठी र जउनपाका कर्मचारीको मिलिभगतमा गोलमाल हुन लागेको थाह पाएर स्थानीयबासिन्दा मुद्दा अख्तियार कार्यालय बर्दिवासमा गतवर्ष दिइसकेको छ ।
बेलाकुटी अन्तर्गत रहेको बहुमुल्य जमिन आज फेरी अतिक्रमितहरुको हात पार्नको लागि गाउँवासीलाई खबरैनगरी बसेको बैठक कसरी सर्वपक्षिय हुन पुगेको हो नेपाली कांग्रेसका नेता केवल कुमार शर्मा बताउनु हुन्छ । उहाँ अब फेरी गुठीको सक्रियतामा नै अतिक्रमित जग्गाहरु लोप हुनलागेको आरोप लगाउनु हुन्छ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले