+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

गौशालामा साताव्यापी योग शिविर संचालनमा, प्राचीन सभ्यतालाई जीवन्त राख्नका लागि योगको भुमिका आवश्यक पूर्वमन्त्री पोखरेल

4 वर्ष पहिले प्रकाशित

धनवीर महतो
गौशााला, माघ ३ गते । महोत्तरी, गौशाला नगरपालिकाको कार्यालयले आजदेखि साताव्यापी योग शिविरको आयोजना गरेको छ ।
नवनिर्मित कभर्ड हलमा राष्ट्रिय योग दिवसको अवसर पारि नगरपालिकाको आयोजनामा एक हप्ते निःशुल्क योग शिविर संचालनमा आएको हो ।
उदघाटन सत्रलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्नुहुँदै पूर्वमन्त्री गिरीराजमणि पोखरेलले प्राचीन सभ्यतालाई जीवन्त राख्नका लागि योगको भुमिका आवश्यक रहेकोले यसलाई संरक्षित गर्नुपर्ने आवश्यकता उपर जोड दिनुभयो । विहीबार गौशाला नगरपालिकाले आयोजना गरेको साताव्यापी योग शिविरको उदघाटन सत्रलाई सम्बोधन गर्नुहुँर्दै पूर्वमन्त्री पोखरेलले वर्तमान परिवेश कोभिडले ग्रसित समाजका लागि योग साधाना गर्नाले मानवजीवनलाई अनेकौ फाईदा पुर्याईने धारणा राख्नुभयो ।
मुलतः प्रत्यक्ष रुपमा पश्चिमा संस्कृतितर्फ लम्किरहेको नेपालीहरुलाई अवको समयमा पुराना महर्षि र महन्थहरुले अपनाएको प्राकृतिक चिकित्सक र योग एवम साधाना गर्नुपर्ने पोखरेलले धारणा राख्नुभयो ।
यस्ता दैनिक क्रियाकलाप गर्नाले मानवजीवनलाई प्रत्यक्ष रुपमा फाईदा पुर्याउने पूर्वमन्त्री पोखरेलले तर्क राख्नुभयो । आफनो लाईफस्टाईल परिवर्तन गर्नका लागि हामी स्वयम ध्यान दिई नियमित रुपमा योग गरि स्वथ्य हुनुपर्ने उपर जोड दिनुभयो ।
प्रदेश नं. २ का प्रदेशसभा सदस्य भरतप्रसाद साहले वर्तमान कलान्तरनमा अधिकांश मानवहरुमा मानसिक समस्या देखिएकोले सोबाट बच्नका लागि योगले अधिक फाईदा पुगाउने धारणा राख्नुभयो । अगामी दिनमा व्यापक रुपमा सहभागीता गराउने प्रदेश सदस्य साहले बताउनुभयो ।
सोहीवीच गौशाल नगरपालिकाका प्रमुख शिवनाथ महतोले योगसम्बन्धि आवश्यक रुपमा ज्ञान प्रदान गर्नका लागि नगरपालिकाले योग शिविरको आयोजना गरेको बताउनुभयो ।
नियमित रुपमा योग गर्नाले विभिन्न किसिमको रोगबाट म्क्ति पाईन्छ ज्ञान प्रदान गर्नका लागि शिविरको आयोजना गरेकोले यसमा सहभागी भई अवसरको फाईदा लिन नगरप्रमुख महतोले आग्रह गर्नुभयो ।
कार्यक्रमकाबीच उपप्रमुख आशा लामाले नियमित रुपमा योग गरे अवश्य नै स्वथ्य रहने भएकोले योग निरन्तर रुपमा गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
अगामी माघ ७ गतेसम्म संचालन हुने सो शिविरमा नेपाल तथा भारतका योगगुरुहरुले प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको गौशाला नगरपालिकाको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

2 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

2 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

2 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

2 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

2 महीना पहिले