+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

हस्पुर न.पा. मेयर पदका उमेदबार शुशिल साह को विजय पक्का

3 वर्ष पहिले प्रकाशित

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, बैशाख २७ गते । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीबाट हस्पुर नगरपालिका मेयर पदको उमेदबार शुशिल साह को विजय पक्का रहेको छ ।
२०७९ बैशाख ३० गते हुन लागेको स्थानिय निर्वाचनमा हस्पुर नगरपालिका बाट मेयर को उमेदवारी दिएको समाजसेवी र बिभिन्न संघ संस्थामा नाम कमाएका व्यक्ती, जनतामा लोकप्रियता विकाश प्रेमि र स्वक्ष छवि रहनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीबाट हस्पुर नगरपालिका मेयर पदको उमेदबार शुशिल कुमार साह बिगतमा मा वहाँ दुःख सुखमा हस्पुर नगरपालिकाका सम्पूर्ण जनताहरुसंग बसि त्यहाँका पिडाहरु बुझेका छन् ।
शुसिल साह ले बताउनु भएको छ कि बिगत ५ वर्षमा यस नगरपालिका मा केहि पनि राम्रो काम भएको छैन जुन पनि काम भएको छ त्यो पनि भ्रष्टाचारमा लिप्त भएर १ नं. होईन सबै काम २ नं. मात्र भएको रहेको छ ।
जनताले मलाई जिताएभने म हस्पुर नगरपालिकाका १ देखी ९ सम्मका वाडाहरुका सम्पूर्ण कर्मचारीलाई भ्रष्टाचार मुक्त गर्ने छु र सम्पूर्ण वाडमा सि.सि.टीभी जडान गराउने र सबै वडाहरुको बजारलाई राम्रो गरी व्यवस्थीत गर्ने बताउनु भएका छन् ।
मैले कृषिको छेत्रमा विषेश ध्यान दिने जस्तै पानी व्यवस्था, खाधको व्यवस्था, कृषिमा पर्ने औषधीहरुको व्यवस्था गर्नेछु ।
मैले हस्पुर नगरपालीका को ९ औ वार्डमा शिक्षा र स्वास्थ्यको राम्रो प्रबन्ध गर्ने छु । विगतमा औषधी र डाक्टरको विना राजु सदाको ज्यान गएको थियो अवको दिनमा त्यसतो नहोस भने स्वास्थ्यको राम्रो व्यवस्था मिलाउने छु ।


सबै वार्डमा राम्रो विद्यालय, कक्षा कोठाहरु र राम्रो शिक्षक–शिक्षीका को व्यवस्था र सम्पूर्ण विद्यार्थीहरुको राम्रो पढाईको व्यवस्था गर्नेछु ।
मैले हस्पुर नगरपालिकामा १ नं. सडक, नाला, विद्युतीयकरण को राम्रो व्यवस्था गर्ने छु । हस्पुर नगरपालिका को १ देखी ९ औ वाडलाई विकास को नया योजना बद्ध तरीकाले अगाडी बढने प्रतिवधता गर्दछु ।
जनताको भनाई अनुसार यस पल्ट हस्पुर नगरपालिकामा मेयर पदमा बढी भन्दा बढी मतले बिजय बनाउने तयारीमा जुटेका छन् ।
साहले बताउनु भएको छ कि म सदैव जनतालाई सेवा गर्ने र वहाँहरुको दुःख सुखमा हरसमंभव साथ दिएको छु र सदैव दिने छु र वहाँहरुको पिडा र समस्या मेरो समस्या हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

2 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

2 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

2 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

2 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

2 महीना पहिले