भारतीय प्र.मं. मोदी पुनः नेपाल आउने
3 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,वैशाख २५ गते । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पुनः नेपाल आउने छन । प्र.मं.शेरबहादुर देउवासंग केहि दिनको अन्तरालमा पुनः यस कार्यक्रममा भेंटहुनेछन ।
भारतीय प्र.मं. मोदी यूनेस्कोको निम्तो मानेर आगामी २ जेठमा गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउने भएका छन् ।
बुद्ध जयन्तीका अवसरमा संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को)ले २ जेठमा लुम्बिनीमा आयोजना गर्ने विशेष कार्यक्रममा भारतीय प्र.मं.मोदी सहभागी हुनेछन् ।
बुद्धजयन्तीका अवसरमा आयोजित कार्यक्रमको अतिथिका रूपमा यूनेस्कोले निमन्त्रणमा गरेको हो । सँगै प्रधानमन्त्री देउवा लाई पनि निमन्त्रणा गरेको ले उनि दुबैजना कार्यक्रममा सहभागी हुनेछन । भनिन्छ,मोदीले त्यही दिन वृहत्त लुम्बिनी गुरुयोजना क्षेत्रभित्र भारत सरकारको कुनै परियोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । तर, उक्त परियोजना के हो भन्ने अहिलेसम्म खुलेको छैन ।
लुम्बिनीको परिसरमा अन्य धेरै देशले आफ्नो संस्कृति झल्कने गुम्बासहितका संरचना निर्माण गरेका छन् । भारतले भने अहिलेसम्म केही बनाएको छैन । त्यसैले मोदीले भारतको परियोजना शिलान्यास गर्नेछन् ।
कार्यतालिकाअनुसार मोदी सोहि दिन भारत फर्किनेछन् । उनी बिहान करिब १० देखि ११ बजेको समयमा नेपाल आइपुग्ने छन् । लुम्बिनी क्षेत्रमा उनी ६ घण्टा बस्ने कार्यक्रम छ ।
मोदीलाई लुम्बिनीकै चर्चित धार्मिक स्थल स्वर्गद्वारीसम्म पु¥याउने विषयमा प्रयास भइरहेको छ । नेपालको एउटा व्यापारिक घराना विनोद चौधरी ले उनलाई स्वर्गद्वारी लैजानका लागि प्रयास गरिरहेको छ ।
तर, मोदी लुम्बिनीमा ६ घण्टाभन्दा बढी समय नरहने भएकाले स्वर्गद्वारी पुग्ने सम्भावना भने नरहेको संचारमाध्यमहरुमा आईरहेकाछन । प्र.मं.देउवाले गत चैत्र १८ देखि २० चैतसम्म गर्नुभएको तीन दिने भ्रमण क्रममा मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको थियो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले