जनकपुरधामको नेतृत्व लिन १७ जनाद्वारा मेयरमा र १० जनाले उपमेयर पदमा दिए उम्मेदवारी
3 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,वैशाख १३ गते । अगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि आज सम्पन्न उम्मेवारीमा १७ जना ले जनकपुरधामको नेतृत्व सम्हालनको नाम दर्ज गराउनु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि १७ र उपमेयरका लागि १० जनाले उम्मेदवारी दिएका छन्। त्यसमा राजनीतिक दलहरु बाट मेयर पदमा ७ जनाले उम्मेदवारी दिनुभएको छ । बाँकी १० जना स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् ।
त्यस्तै जनकपुरधामको उपमेयर बन्न राजनीतिक दलका तर्फबाट ६ जनाले उम्मेदवारी दिएका छन् । बाँकी ४ जना स्वतन्त्र उम्मेदवारी दर्ज गराउनु भएको छ ।
सत्तारूढ पाँच दलिय गठबन्धनको तर्फबाट जसपाका बाट पूर्व मेयर लालकिशोर साह र नेपाली काँग्रेसबाट उपमेयरपदमा किशोरी साहले मनोनयन पत्र दर्ता गराउनु भएका छन ।
जनकपुरधाम उपमहानगरमा मेयर र उपमेयर पदका लागि मात्र गठबन्धन भएको छ । यहाँका रहेको २५ वटै वार्डबाट पार्टीहरुले आ–आफ्ना उम्मेदवारी दिएका छन ।
त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट मेयर पदमा मनोजकुमार चौधरी र उपमेयर पदमा रिताकुमारी मिश्रले उम्मेदवारी दिएका छन्।
उसैगरी नेकपा एमालेको तर्फबाट मेयरमा शिवशंकर साह (हीरा) र उपमेयर पदमा कांग्रेस छाडेर आजै एमाले प्रवेश गरेकी रुना झाले मनोनयन दाखिला गराएकी हुन्।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट ५ दिन अघि एमालेमा प्रवेश गर्नुभएको जनकपुरधाम ७ का पूर्व वार्ड अध्यक्ष जानकीराम साहले आज एमाले पाटी परित्याग गरेर मेयरपदमा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । उहाँको समूहबाट उपमेयरमा सरोजकुमार मिश्रले मनोनयन दर्ता गराउनु भएको छ ।
नेपाल जनता पार्टीबाट मेयर पदमा मुरली मनोहर मिश्र र उपमेयरमा बन्दना पाण्डेयले उम्मेदवारी दिएका छन् ।
यसैगरी जनमत पार्टीबाट मेयरमा अनिता देवी साह र उपमेयरमा संतोषकुमार साह ले मनोनयन दर्ता गराउनु भएको छ ।
तराई मधेश लोकतान्त्रिक पार्टीबाट विभा ठाकुरले मेयर पदमा र इश्वर पण्डितले उपमेयरपदमा उम्मेदवारी दिएका छन्। विभा ठाकुरले लोसपाबाट यसपाली उपमेयर पदको लागि टिकट पाउने आशामा रहेकी थिईन । तर, लोसपाले टिकट नदिएपछि उनि बाध्य भएर तमलोपामा पुग्नु भयो । त्यहाँ तमलोपा ले उनलाई मेयर पदका लागि नै उम्मेदवार बनाउनु भयो ।
जनकपुरधाम उपमहानगरको मेयर बन्नका लागि नेकपा मालेबाट गीता कुमारी मण्डलले उम्मेदवारी दिएकी छन्।
मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिनेहरुमा क्रमशः मनोज साह, बलराम महतो, वैद्यनाथ साह, श्यामकिशोर मण्डल, लक्ष्मण साह, रामसेवक यादव, बिक्की यादव, अनिल पजियार र सुधिरकुमार महतो रहेका छन ।
नेपाली कांग्रेसको नगर अध्यक्ष समेत रहनु भएको मनोज साह पार्टी परित्याग गरेर स्वतन्त्र भई मेयर पदका लागि उम्मेदारी दर्ज
गराउनु भएको छ ।
त्यस्तै एमाले पार्टीले मेयर पदको टिकट नदिँदा बागी बनेर उमेश चौधरी र कुमारी बनिता यादवले आइतबारका दिन उपमेयरपदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराइसकेका छन् ।
अर्का स्वतनत्र उम्मेदवार निर्मल कुमार चौधरी कांग्रेसबाट टिकट नपाएपछि उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।
निर्वाचन आयोगले आइतबार र सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको थियो । धनुषा जिल्लामा राष्ट्रिय मान्यताप्राप्त दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसहितका ३२ दल दर्ता भएका छन्।
यो पटक धनुषामा मतदानस्थल घटेका छन् भने मतदान केन्द्र बढेका छन्। यसअघि २०७४ सालमा भएको स्थानीय निर्वाचनमा धनुषामा ३ सय २७ मतदानस्थल र ५ सय ४८ मतदान केन्द्र थिए ।
यसपटक मतदानस्थल घटेर ३ सय २३ भएका छन् भने मतदान केन्द्र बढेर ५ सय ९६ पुगेको मुख्य निर्वाचन अधिकृत व्रजेश प्याकुरेलले जानकारी दिएका छन्। वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा धनुषामा ४ लाख ६७ हजार ३ सय २८ जना मतदाता रहेका छन्।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले