गौशाला १२ को वडा अध्यक्षमा ललित सिंहको स्वतन्त्र उम्मेदवारी
3 वर्ष पहिले प्रकाशित

सुनिता महतो,
गौशाला, बैशाख १० गते । अगामी वैशाख ३० गते हुने स्थानियतहको निर्वाचनमा वडाको चौतर्फी विकासको निम्ति गौशाला नगरपालिका वडा नं. १२ का ललित कुमार सिंहले स्वतन्त्रबाट उम्मेदवारी दिने घोषणा गरेका छन् । शनिवार गौशाला १२ कान्तिवजारमा आयोजित माओबादी पार्टीका असन्तुष्ट कार्यकर्ताहरुको भेलाले सिंहलाई स्वतन्त्र उम्मेदवारीको रुपमा अगाडि बर्ढापछि सिंहले उम्मेदवारीको घोषणा गरेका हुन ।
दल होइन् व्यक्ति खोजौ, पार्टी होइन् स्वतन्त्र रोजौ नाराका साथ आफुले स्वतन्त्र रुपमा उम्मेदवारीको घोषणा गरेका सिंहले रेडियो रुपान्तरणसँग कुराकानीको क्रममा बताएका छन् । उनले भने, ‘राजनीतिमा एकै व्यक्ति, एउटै परिवारको सिण्डिकेटका कारण नयाँ अनुहार अवसरबाट बञ्चित हुने भएको कारण स्वतन्त्र उम्मेदवारीको घोषणा गरेको छु । नेपाली काग्रेस, माओवादी केन्द्र र अन्य दलका कार्याकर्ताले आफुलाई साझा उम्मेदवारको रुपमा समर्थन गरेको छ ।’
वडा अध्यक्षमा जननिर्वाचित भएपछि आफुले स्वास्थ्य, शिक्षा, सडक, सिचाइ, सुशासन, स्वरोजगारको अवसर, समाजिक सुरक्षा भता सहज रुपमा उपलब्ध गराउन आंगन आंगनमा वडाको सेवाको आवधारणा लागु गर्ने सिंहले बताए । समान्य विरामी हुँदा समेत उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हटाउन लागि वडामा इर्मेजेन्सी सेवा, वडाका ३ वटै विद्यालयमा अवासिय र अंग्रेजी माध्यमबाट पढाइ गराउने उनले घोषणा गरेका हुन् ।
माओवादीको अधारशिला मानिएको कान्तिबार आसपासका कार्यकर्ताहरुले नेतृत्व प्रति असन्तुष्टि जनाएर पार्टीबाट बिद्रोह गरेका छन । नेतृत्वको क्रियाकलापबाट असन्तुष्ट कार्यकर्ताहरुको समर्थनमा सिंहले उम्मेदवारी घोषणा गरेको हो । सिंहलाई माओवादी केन्द्रका नगर कमिटि सदस्य र वडा कमिटि सदस्यहरुले समेत आफुलाई समर्थन गरेको सिंहले बताए ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले