+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

पोखरामा नववर्ष विशेष विश्व हिन्दू परिषदको मोटरसाइकल र्याली

3 वर्ष पहिले प्रकाशित

पोखरामा नववर्ष विशेष विश्व हिन्दू परिषदको मोटरसाइकल र्याली

राजाराम दास,
पोखरा, बैशाख ३ गते । नेपाली नववर्ष २०७९ को स्वागत विशेष विश्व हिन्दू परिषद नेपालले पोखरामा मोटरसाइकल ¥याली कार्यक्रम गरेको छ । परिषदको आयोजनामा बिहीवार बिहान ९ बजे ५० भन्दा बढी व्यक्ति मोटर साइकल सहित सहभागी भएका थिए ।
परिषदका राष्ट्रिय महासचिव जितेन्द्र सिंहले कार्यक्रममा शुभकामना व्यक्त गर्दै इतिहास, संस्कृति, परम्परा र जनसङ्ख्याको आधारमा नेपाल स्वंसिद्ध हिन्दू राष्ट्र रहेको बताएका छन् । उनले हाम्रो नववर्षलाई गौरवका साथ मनाउँनु पर्नेमा जोड दिए ।
शुभकामना मन्तव्य राख्दै हाम्रो नववर्ष प्रकृति सम्मत रहेको र बिक्रम सम्बत पात्रो अनुसार भगवान् सूर्य १२ वटा राशीमा एक–एक महिना रहने, उक्त चक्र चैत्र महिनामा पूरा भई बैशाख १ गते पुनः मेष राशीमा प्रवेश गरेर नयाँ वर्ष प्रारम्भ हुने हिन्दू स्वयंसेवक संघका गण्डकी सम्भाग संघचालक ऋषिराम सापकोटाले बताएका छन् ।
कार्यक्रम केदारेश्वर महादेव मन्दिरको प्राङ्गण लेकसाइडबाट प्रारम्भ भई हल्लन चोक, जिरो कि.मि., विन्द्यवासिनी, सिम्पानी, बगर , महेन्द्रपुल, न्यूरोड , सिर्जनाचोक, राष्ट्र बैंकचोक, मुस्ताङ चोक, विरौटा हुँदै पुनः केदारेश्वरमा आएर सम्पन्न भएको थियो ।
परिषद्का कास्की जिल्ला अध्यक्ष राजु बरालको संयोजकत्वमा भएको कार्यक्रम सञ्चालन रविन पौडेलले गरेका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

1 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

1 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

1 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

1 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

1 महीना पहिले