जनकपुरका मेयर बन्न लोसपाका चार उम्मेदवार भएपनि चर्चा प्रमेश्वरको
3 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,चैत्र ३० गते । अगामी वैशाख ३० गते हुने आसन स्थानीय निवार्चनको दिन जसरी नजिकदै छ । त्यसैगरी राजनीतिकदलहरुमा उम्मेदवार बन्नको लागि कोहता बढदै छ ।
वर्ष २०७९मा हुने स्थानीय निर्वाचनमा उम्मेदावरीका लागि स्थानीय नेताहरु बीच तछाडमछाड चलि रहेका छन । पार्टीको टिकट लिएर अधिकारीक उम्मेदावरी दिन खोज्नेहरुमा धनुषा,महोत्तरी लगायतका जिल्लाहरुको सबै पालिकाहरुमा सक्रिय देखिन्छ । तर, यो समाचार हाल जनकपुरधाम उप–महानगरपालिका माथि केन्द्रित भएर लेख्ने प्रयास भईरहेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट जनकपुरधाम उपमहानगरको मेयर पदमा उम्मेदवार हुन हाल चार जनाको नाम चर्चामा रहेको छ । त्यसमा जानकीराम साह, मनोज कुमार चौधरी, संजय चौधरी र प्रमेश्वर साह रहेका छन ।
जनकपुरधाम उमनपा–७ का वडा अध्यक्ष समेत रहनु भएको जानकीराम साह ले मेयर पदको टिकट लोसपाबाट पाउनुपर्ने प्रस्ताव गर्दै छन ।
उसैगरी मेयर पदको लागि अर्का दावेदार जानकी बस व्यवसायी संघका अध्यक्ष मनोज कुमार चौधरी ले गर्दैै छन । उनि पार्टी भित्रका संगाठनिक प्रक्रीयबाट मुल्याँकन भए आफु पकै टिकट पाउने बताउनु हुन्छन ।
त्यस्तै अर्का व्यक्तित्व जनकपुरधाम १६ का संजय चौधरी रहेका छन । उहाँले पार्टी मुल्यांकन गरेर मलाई मेयर पदका लागि उम्मेदवार बनाउनुपर्ने भन्दैछन ।
लोसपाबाट अर्का उम्मेदवारको नाम हुन प्रदेश सभासद प्रमेश्वर साह को । उनि प्रदेस नं. २ को सभासद मात्र होईन कि लोसपाका सचेतक समेत हुनुहुन्छ ।
जनता समाजवादी पार्टी (जसपा),नेपाली कांग्रेस लगायतबाट मेयर पदका लागि आईरहेको नामको आधारमा लोसपाबाट प्रमेश्वर साह लाई टिकट दिनुपर्ने मांग पार्टीबाट समेत भईरहेको छ ।
जनकपुरधाम उप–महानगरपालकाका मेयर पदमा लोसपाबाट जिताउन अवल नाम प्रमेश्वर साह रहेको पार्टी भित्रमा समेत उठी रहेको बताईन्छ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले