+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

रोजगार गुमाउनेहरुको लागि तालिम हुने

3 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,चैत्र २७ गते । विदेशमा रोजगारी गुमाईसकेका नेपाली युवाहरुलाई आय आर्जन गर्नको लागि हिजोबाट तालिमको सु–अवसर आरम्भ भएको छ ।
शिक्षा,विज्ञान तथा प्रविधि मंत्रालय र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम अन्तर्गत विदेशवाट फर्किएका नेपालीका लागि रोजगार मुलक सीप तथा क्षमता अभिवृद्धि कार्यक्रम दिइनेछन ।
शिक्षा पत्रकार समुहले त्यस कार्यक्रमको उद्घाटन चैत्र २५ गते गरिसकेको छ । भने रोजगार गुमाई घर फर्कनु भएकाहरुको क्षमता अभिवृद्धिको लागि चैत्र २६ गते तालिमका बारेमा उनी हरुलाई जानकारी समेत गराईसकेको छ ।
कोरोना भाइरस लगायतकाकारणबाट रोजगारी गुमाएर घर फर्केका युवाहरु ५ लाख ११ हजार ६६ हजार रहेका छन ।
युएनडीपीका कल्पना सरकारले जनाए अनुसार मधेश प्रदेशको १४ पालिका र लुम्बीनि प्रदेशको १ पालिका गरी कुल १५ पालिकाका एक हजार ५ सय युवा लाई क्षमता अभिवृद्धि कार्यक्रम संचालन हुनेछ ।
यो तालिम सिटीभिटीको माध्यमबाट हुने जनाएको छ ।
सिटीभिटीका निर्देशक नागेन्द्र साह को अध्यक्षतामा आरम्भ भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि महिला तथा वालवालिका मंत्री विरेन्द्र प्रसाद सिंह रहनु भएको थियो । उहाँले आफ्नो प्रमुख आतिथ्य मन्तव्यमा विदेशमा रोजगारी गुमाई घर फर्केकी ५ सय महिलालाई वैशाखको पहिलो या दो सप्ताहबाट मधेश प्रदेशको ८ वटै जिल्लामा तालिम दिने कार्यक्रम रहेको बताउनु भयो ।
सो कार्यक्रममा मधेश प्रदेसका सांसद द्वय मंजु यादव र चमेली दास,जनकपुरधाम उद्योग बाणिज्य संघका वरिष्ट उपाध्यक्ष अम्बु प्रसाद साह,नीति आयोगका सदस्य प्रमिला सिंह,हंसपुर नगरपालिकाका उपमेयर रेणु झा, लगायतले समृद्ध मधेश शिक्षित बनाउने कुरामा जोड दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

2 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

2 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

2 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

2 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

2 महीना पहिले