एमनेस्टी इन्टरनेसनल नेपालको ३० औ अधिवेशनबाट अध्यक्षमा बुढाथोकी निर्वाचित
3 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,चैत्र २४ गते — एमनेस्टी इन्टरनेशनल नेपालको ३० औं वार्षिक साधारणसभाले विपिन बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
काभ्रे जिल्लाको सदरमुकाम तथा पर्यटकीय नगरी धुलिखेलमा चैत्र १८ र १९ भएको साधारणबाट दुई वर्षे कार्यकालको लागि उहाँ निर्वाचित भएका छन । मानव अधिकारको क्षेत्रमा कार्यरत एम्नेस्टी इन्टरनेशनल नेपाल को अधिवेशनले कोषाध्यक्षमा रोशन बजगाईं र सदस्यहरुमा सञ्चिता कुइँकेल, विमला वाग्ले, मञ्जु विश्वकर्मा, केशव पोखरेल, निखिल पोख्रेल, होमबहादुर अधिकारी, देवेन्द्र सेजुवाल, गरिमा पाण्डे र वरुण कुइकेल निर्वाचित भएका छन् ।
काभ्रेको धुलिखेल नगरपालिकाको सभा कक्षमाा आयोजित वार्षिक सधारण सभा ले पुनरावेदन समितिमा संयोजक जीवनप्रसाद फूँयाल र सदस्यहरु लक्ष्मी रेग्मी तथा लोकेन्द्रसिंह निर्वाचित भएका छन् ।
देशभरि आबद्ध समूह, युथ नेटवर्क, समर्थक सदस्यहरूको तर्फबाट २ सय ५४ मताधिकार प्राप्त प्रतिनिधिहरू, बोर्ड तथा पुनरावेदन समितिका पदाधिकारीहरू, कर्मचारी, स्वयंसेवक, पर्यवेक्षक र एमनेस्टी इन्टरनेशनलको अन्तर्राष्ट्रिय बोर्ड र अभियानका प्रतिनिधिसमेत गरी लगभग ३ सय जना सहभागी भएका थिए ।
साधारण सभाले वार्षिक प्रतिवेदन, कार्ययोजना, बजेट र संस्थाका केही नीतिहरूमाथि छलफल गरी अनुमोदन गरेको छ ।
गत वर्षमा गरिएको मानव अधिकारसम्बन्धी कार्यहरूको प्रभावको बारेमा समीक्षा गर्नुका साथै मानव अधिकारसम्बन्धी प्रस्तावहरूमाथि पनि छलफल चलाई पारित गरिएको छ ।
सो वार्षिक साधारणसभामा एमनेस्टी नेपालमा आबद्ध काठमाण्डौ विश्वविद्यालयका युथ नेटवर्कका सदस्यहरूले हिरासतमा हुने मृत्युका विषयमा नाटक प्रदर्शन गरेका थिए । जो मार्मिक रहेको थियो ।
एम्नेस्टि इन्टरनेशनल नेपाल शाखाका ३० औं अधिवेशन सौहार्द रुपमा सम्पन्न भएको सन्देश निर्देशक निराजन थपलियाले अन्तमा पत्रकार सम्मेलन गरेर जानकारी दिनुभएको थियो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले