जनकपुरधाम उप–महानगरपालिकाका मेयर पदमा पुनः मेयर लालकिशोर साह ले उम्मेदवारी दिने पाका
3 वर्ष पहिले प्रकाशित

राजेश साह
जनकपुरधाम, चैत्र १५ गते । जनकपुरधाम उप–महानगरपालिकाका मेयर पदमा पुनः मेयर लालकिशोर साह ले उम्मेदवारी दिने पाका देखिएको छ । गत स्थानिय निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) बाट मेयर पदमा उम्मेदवारी लालकिशोर साह दिनु भएको थियो । उहाँले सो निर्वाचनमा आफ्नो प्रतिद्वन्दीबाट झण्डै ५ हजार मत बढी ल्याएर निर्वाचित भएको इतिहास गवाह रहेको छ ।
स्थानिय निर्वाचन पछि उपेन्द्र यादवको पार्टी संघीय समाजवादी फोरम र महंथ ठाकुर, राजेन्द्र महतो लगायतका राजपा बीच एकिकरण भएको थियो । एकिकरण पछि सो पार्टीको नामाकरण जसपा भएको थियो ।
मधेशी जनताको म्याण्डेड अनुसार एकिकरण भएको जसपामा राजमद बढेकै कारण पुनः दुई दुक्रा भएको छ । अचेल जसपा उपेन्द्र यादव को रहन गएछ भने महंथ ठाकुर, राजेन्द्र महतो लगायतका दलको पार्टी लोसपा भएको छ ।
एमाले को अध्यक्ष केपी शर्मा ओली ले आफ्नो प्रधान मंत्रीत्व कार्यकालमा राजेन्द्र महतो लाई मंत्रिमण्डमा ईन र उपेन्द्र यादवलाई आउट गरिदा नै पार्टी विभाजन भएको थियो । त्यसमा जनकपुरधाम उप–महानगरपालिका का मेयर लालकिशोर साह जसपा जानु भएको हो ।
२०७४ सालमा सम्पन्न स्थानिय निर्वाचनमा जनकपुरधाम उप–महानगरपालिकामा मेयर पदकका लागि उम्मेदवारी दिनुभएकाहरु मध्ये अचेल तीन जना जनता समाजवादी पार्टी (जसपा)मा हुनुहुन्छ । तत्कालिन नयाँ शक्ति पार्टीबाट उमेश साह, तत्कालिन संघीय समाजवादी फोरमबाट विष्णुदेव साह र राजपाबाट लालकिशोर साह ले उम्मेदवारी दिनु भएको थियो । त्यो बेला लालकिशोर साह ले झण्डै ५ हजार बढी मत ल्याएर मेयर पदमा निर्वाचित हुनुभएको थियो ।
जो जसपाका लागि गौरव हो ।
यत्ता, २०७४ सालमा उम्मेदवार रहनु भएको उमेश साह र विष्णुदेव साह भन्दा अवल दर्जामा रहेको हुनाले अगामी ३० वैशाखमा हुन गईरहेको निर्वाचनका लागि पुनः लालकिशोर साह ले मेयर पदका लागि टिकट पाउने पाका ठहरिदैछन ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले