नेपाल अपांग संघद्वारा सिलाई तथा कम्प्युटर तालिम
3 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,चैत्र १२ गते । नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र धनुषा ले आजबाट तीन महिने सिलाई कटाई तथा कम्प्युटर तालिम आरम्भ गरेको छ ।
जनकपुरधाम उप–महानगरपालिका क्षेत्रमा अपांगता रहेको लागि सो तीन महिने तालिम आजबाट आरम्भ भएको छ । जनकपुरधाम उप–महानगरपालिका प्रमुख लालकिशोर साह ले एक समारोह बीच सो तालिमको उद्घाटन गर्नुभएको हो ।
तालिम प्राप्त गर्ने अपांगहरुको जीवन सपांग सरह बनाउनमा सफलता प्राप्त होस् भनि उहाँले कामना गर्नुभयो ।
नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र जनकपुरधाम शाखाका सभापति नन्दकिशोर महासेठ को सभापतित्वमा आरम्भ भएको उद्घाटन सत्रमा स्वागत मन्तव्य उपसचिव राधेश्याम साह ले राख्नुभयो । मानव अधिकार राष्ट्रिय आयोगका मनमाया राणा मगर लगायतका व्यक्तिहरुले उक्त कार्यक्रमको सफलता कामना गर्नुभयो ।
अपांग संघका सचिव आशाराम साह ले उद्घोषण गर्नुभएको उद्घाटन सत्रमा सभापति नन्दकिशोर महासेठ ले तालिममा सहभागि रहनु भएकाहरुको बारेमा जानकारी गराउनु भयो । उहाँले सिलाई कटाई र कम्प्युटर तालिम तीन–तीन महिने हुने जनाउनु भयो । सिलाई कटाई तालिममा महिला पुरुषगरी १० जना र कम्प्युटर तालिममा छ जना सहभागि हुने उहाँले बताउनु भयो ।
उक्त तालिम जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा संचालन भएको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले