+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

अबैध कारोबारमा संलग्न गुप्ता र देवी दुई देशको नागरिक रहेको प्रमाण फेला

3 वर्ष पहिले प्रकाशित

रश्मि पटेल, रौतहट
रौतहट, फाल्गुन २७ गते । एउटै व्यक्ति दुई देशको नागरिक सुन्दा आश्चर्य लाग्न सक्छ तर यो सत्य घटना हो । भारत बिहार राज्य थाना पताही ग्राम पञ्चायत जिहुली डाकघर जिहुली प्रखण्ड पताही अञ्चल पताही अनुमन्डल पकडी दयाल गाउँ जिल्ला पुर्वी चम्पारण बस्ने सुनिल गुप्ताले गलत विवरणको आधारणमा नेपाली नागरिकता लिन सफल भएको घटना सार्वजनिक भएको छ ।
राम आशिष साहको नाति राजाराम साहको छोरा सुनिल गुप्ताले नेपाल भारतमा विभिन्न किसिमका अवैध सामग्रीहरुको तस्करी समेत गर्दै आईरहेको समाचार स्रोतको दावी रहेको छ ।
गुप्ताले भारतमा जग्गा जमिन, औषधि पसल तथा व्यपार व्यवसाय गर्ने गरेको भए पनि भारतीय अबैध रकमलाई नेपालमा वैध बनाउने तथा नेपालमा देखावटी रुपमा चकलेट फैक्ट्रि सञ्चालन गरी अबैध कारोबार बाट कमाएको नेपाली रुपैयालाई भारतमा लगी वैध बनाउनकै लागि लाखौं लाख रुपैया सरोकारवालालाई बुझाई दुबै देशको नागरिकता लिन सफल भएको जनाईएको छ ।
गुप्ताले आफ्नो भारतीय पहिचान लुकाई वीरगंज महानगरपालिका वडा नं. ७ रामटोल घर देखाई नाम वतन ढाटी झुठा विवरण पेश गरी नेपाली नागरिकता लिएपछि उनी माथि जिल्ला प्रशासन कार्यालय पर्सामा छानबिन गरी कारवाहीकोको लागि उजुरी समेत परेको छ । गुप्ताले प्राप्त गरेको नेपाली ना.प्र.नं. ३४३०२२÷४४० रहेको छ ।
गुप्ताले नेपालको रौतहट जिल्ला गरुडा नगरपालिका वडा नं. ५ शिवनगर स्थित रंजना देवी सँग विवाह गरी पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंजबाट नक्कली आमा बुवा खडा गरी नेपाली नागरिकता लिन सफल भएका हुन् ।
अबैध कारोबारमा संलग्न गुप्ताको स्थायी घर भारत बिहार राज्यको पूर्वी चम्पारन जिल्ला जिहुली वडा नं. ५ बाट आधार कार्ड, रासन कार्ड तथा मतदाता क्रम संख्या ८२६ र उनका श्रीमति रंजना देवीको ८१७ रहेको जिल्ला प्रशासन कार्यालय पर्सामा छानबिनको लागि दिईएको उजुरीमा उल्लेख रहेको उजुरीकर्ता नरेश कुरमा गुप्ताले बताए । श्रीमति रंजना देवीले भारतीय आधार कार्ड, रासन कार्ड लगायतका प्रमाणपत्रहरु प्राप्त गरी भारत सरकारबाट पाउने सम्पूर्ण सेवा सुविधाहरु लिईरहे पनि उनले जिल्ला प्रशासन कार्यालय रौतहटबाट रंजना कुमारी गुप्ता नामबाट नेपाली अविवाहित नागरिकता प्र.नं.२११२ लिई नेपाल सरकारबाट पाउने सम्पूर्ण सेवा सुविधा पनि लिईरहेको समाचार स्रोतले जनाएको छ ।
एउटै व्यक्ति दुई देशको नागरिक भई सेवा सुविधा लिनु कानुनी अपराध रहेकोले गुप्ता र देवी दुबैको नेपाली नगारिकता खारेज गरी कानुन बमोजिम कडा कारवाही गर्न जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी परे पनि हाल सम्म कुनै कारवाही हुन सकेको छैन् । नागरिकता सम्बन्धमा परेको उजुरी माथि जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई बोलाई व्यान समेत लिएको स्रोतको दाबी रहेको छ । सो सम्बन्धमा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल सँग बुझदा यस्ता उजुरी कति छ , हेरौ , जस्तो प्रतिक्रिया दिनु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

2 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

2 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

2 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

2 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

2 महीना पहिले