+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

धनुषा काँग्रेसका सभापति दावेदार तीनै प्रतिस्पर्धामा

3 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,फागुन २२ गते । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धनुषामा सभापति पदका लागि उम्मेदवारी दर्ता गराउनु भएका तिनैजना प्रतिस्पर्धामा रहेका छन ।
धनुषामा काँग्रेस सभापति पदसमेत कार्यसमिति निर्वाचनका लागि बिहिबार मानोनयन पत्र दाखिला सम्पन्न भएको छ । त्यसमा
जनकपुरधामस्थित कांग्रेस पार्टी कार्यालयमा संस्थापन पक्षबाट एक जना र संस्थापन इतर पक्षबाट २ जनाले उम्मेदवारी दिएका छन् । संस्थापन पक्षबाट वर्तमानकार्य समितिका जिल्ला उपसभापति संतोष यादवले सभापति पदमा मनोनयन दर्ता गराएका छन् । र सोही समूहबाट सभापति पदका लागि क्षीरेश्वरनाथ नगरपालिकाका मेयर समेत रहनु भएका योगेन्द्र पंजियार ले उम्मेदवारी दर्ता गराएका छन ।
उसैगरी संस्थापन पक्षबाट संविधान सभा सदस्य समेत रहनु भएका दिनेश प्रसैला यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
योगेन्द्र पजियारलाई विमलेन्द्र निधि गुटका रामसरोज यादव लगायतले सघाईरहनु भएका छन । त्यस्तै संतोष यादवलाई महेन्द्र यादव,आनन्द प्रसाद ढुंगानाले लगायतले सघाई रहेका छ ।
संस्थापन पक्षका उम्मेदवार दिनेश प्रसैलालाई शेखर कोइराला गुटले सघाई रहेका छन् ।
तीनवटै उम्मेदवार प्रतिस्पर्धामा रहेको ले यसपाली बाजी को मार्ला अहिल्ये भन्नसकिने अवस्था रहेको छैन । तर, धनुषा काँग्रेसका सभापति पदका लागि पुनः निर्वाचन गराउनुपर्ने अवस्था सृजना हुनेदेखिन्छ । किनकि नेपाली काँग्रेसको विधान अनुसार सभापति पदमा निर्वाचित हुनको लागि ५१ प्रतिशत मत ल्याउनु पर्नेछ । तर यहाँ ५१ प्रतिशत मतबाट विजयी हुने सम्भावना कुनै उम्मेदवारमा देखिदैनन ।
यता, जिल्ला कार्य समितिको उपसभापतिका लागि ६ जनाको उम्मेदवारी दर्ता गराएका छन । उपसभापति पदका लागि गणेश प्रसाद जयसवाल, हरिशंकर साह, राम सोभित दाहा, सुरेन्द्र प्रसाद चौधरी,गणेश झा र लक्ष्मीनारायण यादवले मनोनयन दर्ता गराएका छन ।
त्यसैगरी सचिव पदका लागि ९ जनाले उम्मेदवारी गराएका छन् । त्यसमा नरेश यादव, श्याम चन्द्र यादव, नवल किशोर यादव, प्रभाकर झा, केवल ठाकुर, धिरेन्द्र मोहन झा, शिवशंकर कुमार गोइत, दिपेन्द्र कुमार भडखेर र कन्हैया कुमार कर्णले उम्मेदवारी दिएका छन् ।
उसैगरी सहसचिव पदमा ६ जनाले उम्मेदवारी दिएका छन् । उक्त पदका लागि धर्मनाथ यादव, सुरेश कोइराला, महेश कुमार बस्नेत, इन्द्र कुमार महतो, विजय कुमार यादव र मो. साकिर राइनले उम्मेदवारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

2 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

2 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

2 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

2 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

2 महीना पहिले