स्थानीय निर्वाचनविरुद्धको मुद्दालाई सर्वोच्चले दश गते हेर्दै
3 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम, फागुन ९ गते । धनुषा जिल्लासंगै जोडीएको महोत्तरी का भंगाह नगरपालिकाका नगर प्रमुख संजीव कुमार साह ले सर्वोच्च अदालतमा दिएको रिट माथि भोली मंगलबार मुद्दा हेर्ने भएको छ ।
यसअघि सर्वोच्च प्रशासनले दरपीठ गरिदिएपछि उनले त्यसविरुद्ध निवेदन दिएका थिए । सर्वोच्च अदालतले माघ २६ गते दरपीठ गरेको थियो ।
सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १८ समेतका रिट आधारमा दर्ता गर्न मिलेन,’ रजिष्ट्रार नारायणप्रसाद पन्थीले निवेदन दरपीठ हुनुको कारण खुलाउँदै लेखेका छन्, ‘स्थानीय तह निर्वाचन ऐन, २०७३ दफा ४(४) मा उपदफा २ बमोजिम अलग अलग मितिमा सम्पन्न भएको निर्वाचन उपदफा ९१० बमोजिम तोकिएको मितिमा सम्पन्न भएको मानिने छ भन्ने प्रावधान रहेको छ ।’
सो दरपीठविरुद्धको रिटको सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले बुधबार रिट दर्ता गर्न आदेश दिएको हो । आदेशपछि साहको रिट फागुन ७ गते सबोच्चमा दर्ता भएको थियो । सो रिटमाथि भोली १० गतेलाई पेशी तोकिएको छ ।
मेयर साहको रिटमा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री र निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ । निर्वाचन आयोगले स्थानिय निर्वाचन घोषणासँगै मेयर साह ले आफ्नो कार्यकाल पूरा नहुने देखेर निर्वाचन रोक्न माग भने गरेका छैनन्।
उहाँले ५ वर्ष पूरा काम गर्न पाउनुपर्ने मांग गर्नुभएको छ । मधेश प्रदेशमा २०६४ असोज २ गते निर्वाचन भएको थियो । तर, यस पटक देशभर वैशाख ३० गते निर्वाचन गर्ने घोषणा भएसँगै कार्यकाल छोट्टिने भएपछि साहले रिट दायर गरेका हुन्।
निर्वाचित भएको ५ वर्ष २०७९ असोज ६ गते मात्रै पुग्ने भएकाले त्यतिबेलासम्म काम गर्न पाउनु पर्ने उनको मांग छ। स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ र दफा ५५ को व्यवस्थाले संविधानले ग्यारेन्टी गरेको ५ वर्षको कार्यकाल कटौती गर्ने व्यवस्था रहेको र सोही व्यवस्था अनुसार कार्यकाल पूरा नहुँदै हटाउने संभावना रहेको उनको रिटमा उल्लेख छ ।
नगर प्रमुखको रुपमा आफूले ५ वर्ष काम गर्न पाउनु पर्ने भएपनि विपक्षीहरुले बाधा अवरोध पु¥याउन सक्ने भएकाले पूरै कार्यकाल काम गर्न कसैबाट अवरोध गर्न नपाउने गरी प्रतिषेध परमादेश लगायतका उपर्युक्त आदेश जारी गर्न माग गरिएको छ । संविधानसँग स्थानीय तह निर्वाचन ऐन बाझिएकोले उक्त ऐन स्वतः अमान्य भएको उहाँ जिकिर गर्दैछ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले