रेल्वेका निर्माणधिण पर्खालले भ्रष्टाचार उदांगिदै
3 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,माघ १६ गते । जनकपुर–जयनगर रेल सेवा संचालनमा आउनु भन्दा अघिबाट नै भ्रष्टाचारको कुरा छर्लंग भएको छ ।
जयनगर–जनकपुर–बर्दिवास रेल्वेको कार्यालय जनकपुरधाममा राख्ने योजना तहत रेल्वे विभागले टेण्डर अह्वान गरेको थियो । ३ तल्ले भवन संगै पर्खाल निर्माणसमेतका लागि ७ करोडको लागतमा भवन निर्माण भईरहेको छ ।
तर, कार्यालयको पर्खालमा लाग्दै गरेको गारहोमा एक नंम्बर ईटको सट्टा दुई नम्बर जोराई भइरहेको भएपनि रेल्वेले कुनै वास्ता नगरिरहेको स्थानिय युवाहरु बताउछन ।
जनकपुर रेल्वे स्टेशन संगै निर्माण भईरहेको कार्यलय भवन तथा पर्खालको अनुगमन नभईरहेको बारेमा कतिपल्ट गुणासो समेत गरिदा कोहि हेर्न नआएको स्थानियहरु बताउँ छन ।
झण्डै १०–१२ कठ्ठा क्षेत्रफलमा रेल्वेको कार्यलाय निर्माण गर्नु सकारत्मक कुरा हो । तर, त्यहाँ निर्माण भईरहेको पर्खालमा भईरहेको चरम लापर्वाही महाप्रवन्धक झा ले अनुगमन समेत गर्न नसक्नुबाट भ्रष्टाचारको कडी जोडिएको उदांगीदै छ ।
त्यहाँ कार्यरत मिस्त्री र मजदुरले समेत ईंट दुई नम्बर रहेको स्वीकार गर्दैछन । उनिहरु ले माटो मुनि झण्डै अढाई फिट सम्म दुईनम्बर ईंट नै लागेको हो बताउँदै जमिन माथि एक नम्बर ईंट हो थप्दछन् ।
मुसलिम थर भएका सुचन मिस्त्रीले म काम गर्ने व्यक्ति हुँ बताउँदै काम लगाउनको लागि जे समान दिईयो सो लगाउँदै आएको भनेका छन ।
यसबारेमा रेल्वेका महाप्रवन्धक निरंजन झा संग बुझन खोज्दा उनि सम्पर्क हुन सकेन ।
यता, रेल्वे स्टेशनमा हाल संचालन भईरहेको कार्यालयमा जाँदा त्यहाँ अवकास प्राप्त कर्मचारीले धर्ना बसेको पाए ।
जनकपुर रेल्वेका अवकास प्राप्त कर्मचारीले गर्दै आएको आन्दोलन प्रति महाप्रबन्धक झा ले कुनै वास्ता नगरेको पिडीत कर्मचारीहरु बताउँछन ।
जनकपुर रल्ेव संचालन ताका कर्मचारीसंग भएको सम्झौता पनि रेल्वेले पुरा गर्नसकेको छैन । रेल्व विभागले प्राविधिक तर्फका कर्मचारीलाई काम दिने सम्झौता गरेको थियो । तर, उनिहरुलाई भर्नाका लागि कुनै सहमति नभएको पूर्व कर्मचारीहरु बताउँ छन ।
जनकपुर रेल्वेमा रहेको प्रविधिक तर्फका ५० जना कर्मचारीहरु मध्ये कसैसंग कुनै सम्झौता रेल्वेका महाप्रबन्धक झा ले गर्नुभएको छैन ।
जनकपुर रेल्वेको सेवा अवरुद्धपछि अवकास पाएका प्राविधिक कर्मचारीलाई प्राथमिकता दिने सहमति भएको थियो । तर, त्यो सहमति अनुसार हालसम्म उनिहरुलाई नियुक्तीको लागि कुनै सहमति नभएको बताउँछन ।
भनिन्छ, पूर्व कर्मचारीहरु बाट ३–३ लाख असुल गर्ने लक्ष्य लिईएको ले नै महाप्रबन्धक झा ले उनिसंग सम्झौता गर्न आलटाल गरिरहेका छन ।
यत्ता, रेल्वे संचालनमा आउनु भन्दा कतिपय बैट्रीक चोरी भएको रहष्यमय कुराहरु एक पछि अर्का बाहिरीदै छ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले