अपांग संघ जनकपुरद्वारा अति अपांगतका लागि पुनस्र्थापना सेवा संचालन
3 वर्ष पहिले प्रकाशित

कमल साह, जनकपुरधाम
जनकपुरधाम, माघ ६ गते । महिला वालवालिका तथा जेष्ठ नागरिक पूर्व मंत्री एवं एमाले पार्टीक महिला नेतृ जुली महतो ले जसम्म सबै अपांगका अनुहार हाँसिलो हुँदैन तबसम्म देश सुखि नहुने बताउनु भयो ।
उहाँले नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र जनकपुर शाखा द्वारा आयोजित अति अशक्त अपांगता भएको व्यक्तिहरुको लागि संचालनमा आएको आवासीय पुनस्र्थापना तथा कम्बल वितरण कार्यक्रमको प्रमुख आतिथ्यगर्दै बताउनु भयो ।
पूर्व मंत्री महतोले नेपाल अपांग केन्द्रिय कार्यालयमा पहिल्येदेखि पुनस्र्थापना कार्यक्रम संचालन हुँदै आएको सुनेर नै हामी जनकपुरमा संचालन गराउन तत्पर भएको बताउँदै सो कार्यलाई प्राथमिकतामा राख्नको लागि आफैं समय लिएर जनकपुर शाखाको भ्रमण गरेको स्मरण गराउनु भयो ।
आजबाट संंचालनमा आएको अति अपांगतालाई पुनस्र्थापना कार्यक्रमबाट कूल १४ जना अपांगहरुले लाभ उठाउने भएका छन ।
नेपाल अपांग संघ केन्द्रिय कार्यालयको संस्थापक खगेन्द्र बहादुर बस्नेतको ९४ जन्म जयन्तिको अवसर पारेर धनुषा शाखाले पुनस्र्थापना तथा कम्बल वितरण कार्यक्रम संचालनमा ल्याएको छ ।
नेपाल अपांग धनुषा शाखाका अध्यक्ष नन्दकिशोर महासेठ ले सो कार्यक्रमको अध्यक्षतागर्दै जनकपुर शाखामा संचालित अतिअसक्त अपांगता पुनस्र्थापना कार्यक्रमबाट धनुषा तथा महोत्तरीलगायतका जिल्लामा रहेका अशसक्त अपांगहरुले लाभ उठाउन सफल होस् बताउनु भयो ।
कार्यक्रममा नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रका अध्यक्ष मोहन महर्जन ले नेपालमा संचालित अपांग संघ अन्तर्गतका शाखाहरु मध्ये ४ वटामा आवासीय पुनस्र्थापना कार्यक्रम संचालन भईरहेको बताउँदै उहाँले जनकपुर शाखामा आजबाट संचालनमा आएको शाखा ५ भएको भन्नुभयो ।
उहाँले पूर्व मंत्री महतोलाई धन्यवाद समेत दिनुभयो।
नेपाल अपांग संघ जनकपुर शाखामा आयोजित कार्यक्रममा नेपाल अपांग संघ केन्द्रिय कार्यालयका महासचिव तथा जनकपुर शाखाका पूर्व अध्यक्ष शिवचन्द्र साह ले पूर्व मंत्री महतो को सक्रियतामा यो क्रायक्रम संचालनमा आएको भन्दै उहाँले मुरीमुरी धन्यवाद व्यक्त गर्नुभयो ।
अपांग संघ जनकपुर शाखाका सचिव बलराम सुवेदी ले उद्घोषण गर्नुभएको समारोहमा ३१ जना अपांगलाई कम्बल वितरण गरिएको छ । सो कम्बल विभिन्न दात्रृ निकायबाट उपलब्ध गराईएको छ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले