सर्लाहीमा मालपोतका दुई कर्मचारी घूससहित पक्राउ
4 वर्ष पहिले प्रकाशित

सन्जु कर्ण, सर्लाही,
सर्लाही, पुस २५ गते । सेवाग्राहीसँग लिएको घूस रकमसहित सर्लाहीको हरिवनस्थित मालपोत कार्यालयका नायब सुब्बा र एक लेखनदास पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले ११ हजार घूस रकमसहित मालपोत कार्यालयका नायब सुब्बा बेदनिधि बराल र लेखनदास रामसुन्दर महतोलाई नियन्त्रणमा लिएको हो ।
सेवाग्राहीको सूचनाको आधारमा बिहीबार कार्यालय सुरु भएसँगै अख्तियारको टोलीले लेखनदास महतोलाई खान तलासी गर्दा सो रकम बरामद भएको थियो ।
महतोसँग सोधपुछको क्रममा र माबाइल कल रेकर्डको आधारमा नायब सुब्बा बराल पनि पक्राउ परेका हुन् । सेवाग्राहीसँग घूस रकम लिन नासु बरालले आफूलाई खटाएको महतोले अख्तियार टोली समक्ष बयान गरेका थिए । लालपुर्जामा नाम सच्याउनका लागि ११ हजार घुस रकम लिएको सेवाग्राहीको भनाइ छ । लेखनदास महतोले पहिला १८ हजार माग गरेकोमा पछि ११ हजारमा तय भएको थियो ।
चिया तथा खाजा खर्च भन्दै घूस रकम माग गरेपछि सेवाग्राहीले अख्तियारलाई गुहारेका थिए । पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि बर्दिवास कार्यालय लगिएको अख्तियारले जनाएको छ । मालपोतमा चिया र खाजा खर्च भन्दै पटकपटक रकम उठाउने गरिएको सेवाग्राहीको गुनासो छ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले