अपांग सघले रा¥याली तथा दीप प्रज्वलनगरी अपांगता दिवस मनाईयो
3 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,मंसिर १९ गते । ३० औं अन्तर्राष्ट्रिय अपांगता दिवस अवसरमा नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र धनुषा शाखाले रा¥याली तथा दीप प्रज्वलनगरी मनाईयो ।
अपांग संघ धनुषा शाखाले विहानमा रा¥याली प्रदर्शन र साँझ पखमा दीप प्रज्वलनगरी गरेर सचेतना मुलक सन्देश दिएको छ ।
‘हाम्रो प्राथमिकताको आधार अपांगता भएका व्यक्तिहरुको अधिकार’ राष्ट्रिय नारासहितको सचेतना मुलक रा¥याली जिल्ला समन्वय समितिका सभापति रामदेव बनरैत यादवले प्रमुख अतिथ्यको आसनबाट शुभारम्भ गर्नुभयो ।
नेपाल अपांग खगेन्द्र नवजीवन केन्द्र जनकपुर शाखाका सभापति नन्दकिशोर साह को नेतृत्वमा आरम्भ भएको जनचेतना मुलक रा¥याली नेपाल अपांग संघ शाखा कार्यालायबाट निस्केर रामानन्द चौक, प्रादेशिक अस्पताल हुँदै जानकी र त्यसपछि जानकी पथ भएर जनकचौकमा पुगेपछि सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा नेपाल अपांग महासंघका राष्ट्रिय महासचिव शिवचन्द्र साह विशिष्ट अतिथी रहनु भएको थियो । सो कार्यक्रममा एम्नेस्टी इन्टर नेशलन नेपाल समुह(युवा) ५७ समुह का संयोजक एवं पत्रकार कमल साह, नैना अस्पतालका उमेश यादव लगायतका व्यक्तित्वहरुको उपस्थिति रहियो ।
जनकपुरधाम उप–महानगरपालिका,राष्ट्रिय मानव अधिकार आयोग, जानकी महिला जागरण समाज,अर्थोपेडीक अस्पताल, असमान नेपाल,एम्नेष्टी इन्टर नेशनल समुह–५७ लगायतका संस्थाहरुको सहभागिता रहेको थियो । त्यस रा¥यालीमा अपांगता भएका व्यक्तिहरुको सक्रिय सहभागिता रहेको थियो ।
अपांग दिवसको अवसरमा अपराह्नमा दीप प्रज्वलन गरिएको थियो । यहाँका ऐतिहासिक स्थल रामानन्द चौकमा आयोजित दीप प्रज्वलन समारोहमा अपांग संघका पदाधिकारी, अपांग प्रति सकारत्मक सोंच राख्ने भद्रजन तथा विभिन्न संघ संस्थाका व्यक्तित्वहरु सहभागी रहेका थिए ।
नेपाल अपांग संघ धनुषा ले मनाए झैं अधिराज्य व्यापि डिसेम्वर ३ को सेरोफेरोमा विभिन्न कार्यक्रम गरि मनाएको छ ।
अपांग दिवस मनाउने चलन सन् २००६ मा संयुक्त राष्ट्र संघले अपाङ्गता भएका सबै व्यक्तिहरुबाट हुने सम्पूर्ण मानव अधिकार तथा मौलिक स्वतन्त्रताहरुको पूर्ण र समान उपभोग सम्बर्धन, संरक्षण एवं सुनिश्चित गर्नु तथा उनीहरुको नैसर्गिक मर्यादाको सम्मानको संवद्र्धन गर्न –धारा १ ९ऋच्एम्० । महासन्धि घोषणा गरिएको छ । हालसम्म यो महासन्धिलाई विश्वका ८७ राष्ट्रहरुले अनुमोदन गरिसकेका छन् भने १४५ राष्ट्रहरुले हस्ताक्षर गरिसकेका छन् ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले