सर्लाहीमा पनि नेकपा एकीकृत समाजवादी पार्टीको जिल्ला नेतृत्वको सपथ ग्रहण कार्यक्रम सम्पन्न
3 वर्ष पहिले प्रकाशित

सन्जु कर्ण, सर्लाही,
सर्लाही, मंसिर ६ गते । आज (सोमवार) सर्लाहीमा पनि नेकपा एकीकृत समाजवादी पार्टीले जिल्ला नेतृत्वको सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ ।
सोमवार दिउँसो मलंगवास्थित जानकी पार्टी प्यालेसमा समथग्रहण समारोह र जिल्ला कमिटीको वैठक भएको पार्टीका नेता तथा नेकपा एकीकृत समाजवादीका नगर कमिटी अध्यक्ष चूडामणि वाग्लेले जानकारी दिनुभयो ।
कार्यक्रममा पार्टीका प्रदेश इन्जार्ज धर्मनाथ प्रसाद साहले जिल्ला कमिटीका पदाधिकारी र सदस्यलाई सपथ गराउनु भएको हो । पार्टीले सुरेन्द्र लामा अध्यक्ष, देवेन्द्र राय उपाध्याक्ष र गोविन्द अधिकारी सचिव रहेको २ सय ७५ सदस्यीय जिल्ला कमिटी रहने यस अघि नै घोषणा गरिसकेको थियो ।
सोमवार थप एक महिला उपाध्याक्ष र दुई सहसचिव समेत रहने गरि ६ सदस्यीय पदाधिकारी र अन्य सदस्य रहेको जिल्ला कमिटीको समथ भएको वाग्लेले वताए ।
नेकपा एमालेमा फुट आए पछि पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएको थियो । सर्लाहीको हरिवनमा गत भदौ २७ गते नै यो पार्टीको जिल्ला भेला भए पनि जिल्ला कमिटीको समथ भने भएको थिएन ।
सोमवार मलंगवामा सपथ ग्रहण भए पछि सर्लाहीमा पार्टीका काम अझ व्यवस्थित रुपमा अगाडी वढ्ने नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य तथा संगठन बिभाग प्रमुख भरत कुमार कार्कीले बताउनु भयो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले