युवा स्वरोजगार तथा चुनौतीहरु सम्बन्धि दुई दिने अभिमुखिकरण गोष्टी सम्पन्न
4 वर्ष पहिले प्रकाशित

प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, कार्तिक २३ गते । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १० लालपुरमा युवा स्वरोजगार चुनौती तथा अवसरहरु सम्बन्धि दुई दिने अभिमुखिकरण गोष्टी सम्पन्न भएको छ । शिवराज नगरपालिका वडा नं १० को सहयोगमा र मोटिवेशन फनेल प्रालिको आयोजनामा कार्यक्रम लालपुरमा सम्पन्न भएको हो ।
कार्यक्रममा ५० जना भन्दा बढ़ी किशोर किशोरीहरु को उपस्तिथि रहेको कार्यक्रमकी अध्यक्ष तथा शिवराज नगरपालिका वड़ा नं १० की वड़ा अध्यक्ष मन्जु मिश्राले जानकारी दिनुभएको छ । कार्यक्रमको उद्घाटन गर्दै बिद्यार्थी र अन्य किशोर किशोरीहरु को लागि व्यवसायीक सीप विकास जस्तो लाभ दायक कार्यक्रमको उद्घाटन गर्न पाउंदा खुशी समेत मिश्राले ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा बोल्दै लोसपाका लुम्बिनी प्रदेश अध्यक्ष रवि दत्त मिश्राले किशोर किशोरी तथा बिद्यार्थीहरु लाई प्रेरणा दिदै यस कार्यक्रमका बिज्ञ डा‘ सलीम द्वारा प्रदान गरिने ज्ञान ईमानदारी पुर्बक ग्रहण गर्न समेत सबैमा आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै वड़ा अध्यक्ष मन्जु मिश्राले किशोर किशोरी तथा बिद्यार्थीहरु लाई पढाई लेखई तथा अन्य केहि कुरामा समास्या भए वड़ा कार्यालय तथा मलाई जानकारी गराउन समेत आग्रह गर्नु भएको थियो । २ दिने युवा स्वरोजगार चुनौती तथा अवसरहरु सम्बन्धि त्रिभुवन विश्व विद्यालयका उपप्राध्यापक डा‘ सलीमले कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लोसपा लुम्बिनी प्रदेशका प्रदेश अध्यक्ष रवि दत्त मिश्रा , बिसिस्ट अतिथि लोसपाका जिल्ला सदस्य शिवभगत ठाकुर , यूनी ग्लोबका प्रोग्राम डायरेक्टर आशीष कुमार मिश्रा , सार्क का‘लेजका शिक्षक पवन त्रिपाठी , लोसपाका विद्यार्थी नेता दीपेन्द्र चौधरी , लोसपाका युवा नेता तथा समाजसेवी अरुण मिश्रा , लोसपाका युवानेता आनन्द मिश्रा वड़ा नम्बर १० का वड़ा सदस्य लगायत युवा क्लबका प्रतिनिधिहरु को उपस्तिथि रहेको थियो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले